अपडेट 
२०७७ चैत्र ७, शनिबार ०९:०१

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।

त्यसअघि संसदीय दलको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो । संसदीय दलको बैठकपछि केन्द्रीय कमिटीको बैठक राख्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको तयारी छ । बैठकमा माधव नेपाल र झलनाथ खनाल समूह भने नजाने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि बोलाएका केन्द्रीय कमिटी र संसदीय दलको बैठक पनि नेपाल–खनाल समूहले बहिस्कार गरेका थिए । ओलीको कार्यशैलीको विरोध गर्दै उनीहरुले छुट्टै बैठक र भेला गर्दै आएका छन् । उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा बैठकमा सहभागी हुन सकिने नेपाल–खनाल समूहको भनाइ छ । यो असन्तुष्ट समूहले एमालेका सबै सांगठनिक संरचना र पार्टीका निर्णयहरुलाई २०७५ जेठ २ गतेका अवस्थाबाट सुरुवात नगरेसम्म ओलीले आयोजना गर्ने बैठकमा सहभागी नहुने बताउँदै आएका छन् ।

ओली समूहलले बिहीबार संसदीय बोर्डको गठन गरी नेपाल र खनाल दुवैलाई सो बोर्डको सदस्यको रुपमा मनोनयन गरेका थिए । तर उनीहरु सो बोर्डमा पनि सम्मिलित नहुने बताएका छन् ।

Comment


Related News

Latest News

Trending News