अपडेट 
२०७७ चैत्र ७, शनिबार ०९:१२

मिथिला मध्यमा परिक्रमा शनिबार(आज) कंचनवन पुग्ने भएको छ ।

महोत्तरीको धु्रवकुण्डमा रात्रि विश्राम बसेर मिथिला बिहारी र किशोरीजीको डोलासहित परिक्रमा यात्री शनिबार बिहान कंचनवनको लागि प्रस्थान गरेका थिए । १५ दिवसीय परिक्रमाको महत्वपूर्ण विश्रामस्थल मध्ये एक हो कंचनवन । कंचनवनमा साधुसन्तहरुले एकअर्कामा रंग अबिर दलेर होलीको सुरुवात गर्ने गरेका छन् । कंचनवनमा परिक्रमा यात्रीले घरको खाना खाने गर्छन् । घरमा खानेकुरा पकाएर आफन्तको लागि लिएर कंचनवन जाने गरेको छ । यसअघि परिक्रमा यात्री महोत्तरीको बलवा नगरपालिका वडा नं. स्थित ध्रुवकुण्डमा रात्री विश्राम बसेका छन् । परिक्रमा यात्रीको लागि नगरपालिकाले निःशुल्क शिविर संचालन गरेको छ । वडा नं. १० ले परिक्रमा यात्रीको लागि निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क दाउरा वितरण, पराल वितरणसहित निःशुल्क खाजाको समेत व्यवस्था गरिएको वडाध्यक्ष राजकुमार यादवले बताए । वडाध्यक्ष यादवका अनुसार धु्रवकुण्डमा परिक्रमा डोलाका लाग्ने गरेको भव्य मेलामा आफन्तलाई भेट्न नसकेका श्रद्धालुभक्तजनको लागि माइकिंगको व्यवस्था समेत गरिएको छ ।

परिक्रमा यात्रीलाई कुनै प्रकारको कठिनाई हुन नदिन ठाउँ ठाउँमा पराल वितरण गरिएको छ, उनले भने–खाना पकाउनको लागि दाउरा वितरण गरिएको छ ।’ चोटपटक लागेको, बिरामी परेको यात्रीहरुको लागि निःशुल्क स्वास्थ्य जाँच र औषधी वितरणको व्यवस्था गरिएको वडाध्यक्ष यादवले थपे । शुक्रबार बिहानैदेखि परिक्रमा यात्रीको धु्रवकुण्ड पुग्ने क्रम सुरु भएको थियो । परिक्रमा यात्रीको स्वागतको लागि ठाउँ ठाउँमा स्वागतद्वार ठड् याएको छ । परिक्रमा यात्रीको सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । मडैबाट प्रस्थान गरेको मिथिला बिहारी र किशोरीजीको डोला शुक्रबार दिउँसो धु्रवकुण्ड आइपुगेको थियो । ध्रुवकुण्ड मन्दिरमा दर्शन पूजा गरेर परिक्रमा यात्रीहरु रात्री विश्राम गरेपछि शनिबार बिहान कंचनवनको लागि प्रस्थान गर्ने छन् ।

Comment


Related News

Latest News

Trending News