अपडेट 
२०७७ चैत्र ७, शनिबार १३:२८

नेपालले कोभिड–१९ विरुद्ध आपतकालीन प्रयोगका लागि अर्को भारतीय खोप कोभ्याक्सिनलाई अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागले शुक्रबार भारत बायोटेकले उत्पादन एवं विकास गरेको कोभ्याक्सिनलाई प्रयोगका लागि अनुमति दिएको हो । भारत बायोटेकले ४ मुलुकका २६ हजार जनसंख्यामा तीन चरणको परीक्षण पूरा गरेको कागजपत्र पेश गरेपछि अनुमति दिइएको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । यसअघि भारत र जिम्बाबेले मात्र कोभ्याक्सिनलाई अनुमति दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत लगाइसकेको यो भ्याक्सिन कोभिडविरुद्ध ८१ प्रतिशत प्रभावकारी हुने जनाइएको छ । नेपालले यसअघि अक्सफोर्ड– अस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड खोप र चीनको सिनोफार्मले उत्पादन गरेको कोर–भीलाई आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ ।

Comment


Related News

Latest News

Trending News