अपडेट 
२०७७ चैत्र ७, शनिबार १६:४७

महोत्तरीस्थित ध्रुवकुण्ड परिक्रमा मेलामा यात्रीको गरगहना चोरी गरेको आरोपमा प्रहरीले १७ जना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ परेका ती महिलाहरुको साथबाट ५४ थान सुनको गहना र चाँदीको गहना १२ थान बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ परेका ती महिलाहरुको साथबाट सुनको मंगलसुत्र, सिक्री, चाँदीको पायल, बालासहित ३५ हजार भारतीय र १२ हजार नेपाली रुपैयाँ एवं आधा दर्जन मोबाइल सेट समेत बरामद भएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको छ ।

Comment


Related News

Latest News

Trending News