अपडेट 
२०७७ चैत्र ८, आईतवार ०६:५६

जलेश्वर ।नेपाल सरकारले भारतसितको स्थलनाकाहरु खोलिने निर्णय गरेपनि भारतीय यात्रुवाहक सवारी साधन आउन सकेको छैन् । नेपाल तर्फको नाकामा काँडे तार ओछ्याइएकोछ ।

मालवाहक सवारी साधनलाई नेपाल भित्रिन दिएपनि यात्रुवाहक सवारी साधनको प्रवेश खुल्ला गरिएको छैन् । तीन दिन भित्रको पीसीआर निगेटिव रिर्पोट पेस गर्नुपर्ने प्रावधान राखिएपछि भारतीय पक्षपनि मौन बनेकोछ । भारतीय यात्रुवाहक सवारी साधन नेपाल छिर्न नपाएपनि सास्ती भोग्दै पैदल नै यात्रुहरु सीमा क्षेत्रमा ओहोरदोहर गरिरहेका छन् ।एक किलोमिटर सम्म लामो खेतको बाटोहरुबाट मानिसहरु भारी समान बोकेर जान बाध्य छन् । हुनत सीमावर्ती क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको स्वच्छता अभियान र नेपाल सरकारले घोषणा गरेको खुल्ला अभियानको प्रभाव देखिदैन् ।

Comment


Related News

Latest News

Trending News