अपडेट 
२०७७ चैत्र ८, आईतवार ०७:२८

जनकपुरधाम । डा. सीके राउत नेतृत्वका जनमत पार्टीले धनुषाको मिथिला नगरपालिका वडा नं. ६ ढल्केवरमा प्रथम वडा अधिवेशन शनिबार सम्पन्न भएको छ ।

शनिबार जनमत पार्टी मिथिला नगरपालिकाका नगर संयोजक अभिमन्यु प्रसाद महतोको अध्यक्षतामा भएको वडा अधिवेशनको प्रमुख अतिथी जनमत पार्टी धनुषा क्षेत्र नम्बर ४ का क्षेत्रीय संयोजक ओम बिक्रम कुशवाहा रहेको थियो । अधिवेशनबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समितिको अध्यक्षमा सतेन्द्र कुमार सिंहलाई चयन गरेका छन् । त्यसैगरी महिला उपाध्यक्ष अर्पन देवि कुशवाहा,अर्को उपाध्यक्षमा शिवु कुमार महतो,सचिवमा सन्तोष मण्डल,सहसचिवमा जिबछ साह रहेको छ । सो समितिको सदस्यमा मिना पजियार,मो आलम राईन,रोशन कुमार ठाकुर, शैलेन्द्र कुमार साह, अचल कुमार महतो र अशोक कुमार महतो रहेको छ ।

Comment


Related News

Latest News

Trending News