२०७७ चैत्र ८, आइतवार ०७:३५

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदलीसहित केही स्थानहरूमा मेघगर्जनसहित वर्षा भएको छ।

आइतवार दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही देशको बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।राती देशको पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

Comment

Related News