अपडेट 
२०७७ चैत्र ९, सोमबार ०६:४४

नेपालमा कोरोना संक्रमणको डर बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर विभिन्न सावधानी अपनाउन अनुरोध गरेको छ ।

‘विगत केही सातादेखि छिमेकी देश भारतलगायत विश्वभर कोभिड १९ को संक्रमण दर बढ्दो देखिएको छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, सम्मेलन, जुलुस, र्याली, भेला, जमघट, सेमिनार तथा भीडभाड हुने व्यवसायका कार्यहरु नगर्न अनुरोध छ ।’

सामाजिक दूरी कायम राख्न तथा समय समयमा साबुन पानीले हात धुन पनि मन्त्रालयले अनुरोध गरेको छ । छिमेकी देश भारतमा आज एकैदिन चालिस हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । यूरोपका केही देशमा कोरोना संक्रमण बढेपछि लकडाउन शुरु गरिएको छ ।

Comment


Related News

Latest News

Trending News