अपडेट 
२०७७ चैत्र ९, सोमबार ०६:५१

रौतहट । गरुडामा रहेको श्रीराम सुगर मिलले चैत्र मसान्त भित्र रुखुको बाँकी रकम भुक्तानी गर्न सहमत भएको छ ।

मिलले तीन करोड भन्दा बढी रकम तिर्न बाकी रहेको छ । आर्थिक वर्ष २०७१/०७२ को तीन करोड ,२२ लाख ६ हजार, आव २०७५/०७६ को ९६ हजार, आव २०७६/०७७ को ७२ हजार गरी तीन करोड ,२३ लाख, ७५ हजार करीव किसानको पैसा भुक्तानी गर्न बाकी रहेको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, उखु उत्पादक संघका अध्यक्ष अशोक यादव, श्रीराम सुगर मिलका महाप्रबन्धक नरेन्द्र कुमार गुप्तासहित जिल्ला स्थित सुरक्षा प्रमुखहरु, उखु उत्पादक संघका पदाधिकारी, मिलका कर्मचारीबीच रकम भुक्तानी गर्ने सहमती भएको हो ।
चैत्र मसान्त सम्म भुक्तानी लिन आउनेलाई यसअघि कै सहमती अनुसार दिने, बैशाखबाट पाक्षिकरुपमा भुक्तानी गर्ने, त्यसपछि भुक्तानी बाँकी रहेकाको रकम श्रीराम सुगर मिलको खातामा राख्ने र किसानले बाहेक अन्यले झिम्न नपाउने गरी जिल्ला प्रशासन कार्यालयले खाता रोक्का गर्ने निर्णय भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News