अपडेट 
२०७७ चैत्र ९, सोमबार ०७:०२

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित परिक्रमा यात्रीलाई भव्य स्वागत गरिएको छ ।

जय माँ काली कन्स्ट्रक्सनका संचालक यूवा व्यापारी अनिल चौधरी र स्थानियहरुको सहयोगमा परिक्रमा यात्रीको भव्य स्वागत गरिएको स्थानिय राजनितीकर्मी विजय यादवले बताए । मिथिलाको १५ दिने परिक्रमा कंचनवनमा होली खेलेर आइतबार महेन्द्रनगरस्थित क्षीरेश्वरनाथ मन्दिर दर्शन गर्दै पर्वताको लागी प्रस्थान गर्ने क्रममा महेन्द्रनगर हनुमान चौकमा प्रत्येक साल भव्य स्वागत गर्ने गरिएको छ । परिक्रमा यात्रीलाई महेन्द्रनगरबासी, व्यापारी, राजनितीकर्मीहरुको सहयोगमा भोजन, सर्वत र औषधी निशुल्क वितरण गरेका छन् । परिक्रमा यात्रीहरुलाई स्थानिय दर्शनिया स्कुल, गंगोत्री स्कुल, ज्ञानमन्दिर, मोरनिङ्ग गलोरी स्कुल लगायतका छात्र छात्राहरुले भोजन गराउनमा विशेष सहयोग गरेका छन् । प्रत्येक वर्ष फागुन कृष्ण औंसीको दिनदेखि विधिवतसुरु हुने परिक्रमामा लाखौं भक्तजनहरू सहभागी हुने गर्दछन् । परिक्रमा अवधि (१५ दिन) भर मिथिलाञ्चलका १५ वटा धार्मिक तीर्थस्थलहरूमा विश्राम गर्दै फागुन पूर्णिमाको दिन परिक्रमा पुनः जनकपुरधाम आइपुग्ने गरेको छ ।

मिथिलाञ्चलमा परिक्रमा समापनको भोलिपल्ट होली मनाउने चलन रहेको छ । यसअघि शनिबार महोत्तरीको कंचनवनमा परिक्रमा यात्री रात्रि विश्राम गरेका थिए । कंचनवनमा साधुसन्तहरुले होली खेलेसँगै मिथिलामा विधिवत रुपमा होली पर्व सुरु भएको मानिन्छ । कञ्चनवनमा इच्छावती गंगा र वीरजा गंगाको संगमस्थल रहेको र त्यहाँ रामसीताले होली उत्सव मनाएको स्मरणमा होली समारोहको आयोजना गरी परिक्रमा सरिक साधुसन्त तथा भक्तजनहरूले होली खेले ।

Comment


Related News

Latest News

Trending News