अपडेट 
२०७७ चैत्र ९, सोमबार ०८:५२

कैलाली । टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ ।

बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । फेला परेको बम सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिइसकेको छ । सोमबार बिहान सेनाको बम डिस्पोजल टोली टीकापुर आउन थालेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News