अपडेट 
२०७७ चैत्र ९, सोमबार ०८:५६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) पदाधिकारी बैठक बोलाएको छ ।

सभापति शेर बहादुर देउवाले वर्तमान तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । अहिलेको समसामयिक राजनीतिक विषय र पार्टीको महाधिवेशनको विषयमा छलफलका लागि सभापति देउवाले बैठक बोलाएका हुन् । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्नेछ । बैठकमा केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको विकल्पका विषयमा पनि छलफल हुने बताइएको छ । आजको बैठकबाट नयाँ सत्ता समीकरणका लागि के कस्ता पहल गर्ने भन्ने विषयमा कांग्रेसले आफ्नो धारणा प्रष्ट पार्ने तयारी गरेको छ । यसअघि, पदाधिकारी बैठक अघि नै वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय पदाधिकारीहरूसँग आइतबार बोहोराटारमा छलफल गरेका छन् । बैठकमा राख्नका लागि आफ्नो पक्षको रणनीति बनाउन छलफल गरिएको नेताहरुले बताएका थिए । पौडेल निवासमा भएको छलफलमा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा नेताहरु प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी र मिनेन्द्र रिजाल पनि सहभागी थिए ।

Comment


Related News

Latest News

Trending News