२०७७ चैत्र ९, सोमबार १७:०४

नेपालको सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिवार भारतबाट नेपाल फर्किएका एक जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उच्च सतर्कताका साथ सीमा नाकामा परीक्षण शुरु गरिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार विभिन्न १४ नाकाबाट एक हजार दुई सयजना नेपाल प्रवेश गरेका छन्। त्यस्तै, शुक्रबार एक हजार ३४ जना प्रवेश गरेका थिए । नेपाल प्रवेश गरेकामध्ये कोभिडसँग लक्षण मिलेकाहरूको मात्रै एन्टिजेन परीक्षण भएको छ। भारतमा नयाँ प्रजातिको भाइरस देखिएका बेला त्यहाँबाट नेपाल प्रवेश गरेका नागरिकमा पनि देखिन थालेको भन्दै महाशाखाका निर्देशक डा पौडेलले दोस्रो वेभको जोखिम बढेको बताएउनुभयो।

हाल भारतलगायत विश्वका धेरै देशहरूमा यूके भेरियन्ट देखिएको छ। त्यसैले सीमामा पोजेटिभ देखिएकामा पनि युके भेरियन्ट हुन सक्ने आशंका पनि गरिएको छ। चिकित्सकहरूले नयाँ भेरियन्टको फैलावट तीव्र गतिमा भएको र मृत्यु पनि सोहीअनुसार हुने भन्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेका छन्। उनीहरूले सुदूरपश्चिममा उच्च जोखिम औँल्याएका छन्। महाशाखाले देशभरका स्थानीय निकायलाई तयारी अवस्थामा बस्न परिपत्र गरिसकेको जनाएको छ।

Comment

Related News

Latest News

Trending News