अपडेट 
२०७७ चैत्र १०, मंगलवार ०७:३०

जनकपुरधाम । जनकपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा युवा व्यवसायी अम्बु प्रसाद साहले उम्मेदवारी दिएका छन् ।

सोमबार व्यापारीहरुका साथ जनकपुर उद्योग वाणिज्य संघ पुगेर साहले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । मिल्स एरियास्थित शिवम टे«डर्सका संचालक रहेका युवा व्यवसायी साहलाई ठूलो संख्यामा व्याापारीहरुको समर्थन प्राप्त छ । व्यापारीहरुको उपस्थितिमा मिल्सएरियाबाट निकालिएको जुलुश नगरको विभिन्न चोकका परिक्रमा गर्दै जनकपुर उद्योग वाणिज्य संघ परिसर पुगेका थिए । उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएपछि जुलुश जनकचौक, जानकी मन्दिर, सोनारपटी हुँदै राम चौक, जनक चौक, शिव चौक, भानु चौक, मिल्स एरिया पुगेका थिए । जुलुशमा सयौ जनाको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News