अपडेट 
२०७७ चैत्र १०, मंगलवार ०७:३३

मलगंवा । उद्योगबाट निस्कने धुवाँ तथा दुर्गन्धले बस्नै नसक्ने अवस्था बनाएको भन्दै सर्लाहीको हरिवन नगरपालिका स्थित इन्दु शंकर चिनी मिल क्षेत्रका बासिन्दाहरुले दुर्गन्ध व्यवस्थापन गर्न भनि माग गर्दै हरिवन नगरपालिका वडा न–८ मा विरोध र्याली निकालेका छन् ।

इंन्दु शंकर चिनी उधोग दुर्गन्ध नियन्त्रण आन्दोलन परिचालन कमिटिको आयोजनामा दुर्गन्ध तथा फोहर व्यवस्थापन गर्नुपर्ने, गत वर्षको सम्झौता कार्यन्वयन गर्नुपर्ने, लगायतको विभिन्न मागहरु कार्यान्वयन गर्न माग गर्दै र्याली निकालिएको हो । मिलबाट निस्केको फोहरहरु अव्यवस्थित तरिकाले जथाभावी फाल्नाले बस्ती लगायत हरिवन बजार भरी दुर्गन्ध फैलिएको र विभिन्न किसिमको रोगको संक्रमण समेत फैलिएको पीडितहरुले बताएका छन् । गत वर्ष पनि आफुहरुलाई फोहर तथा दुर्गन्ध व्यवस्थापन गर्न आन्दोलन गर्नुपरेको उनीहरुले भने । गएको वर्ष हरिवन नगर प्रमुख गणेश प्रसाईको संयोजकत्वयमा सहमती भएको थियो र यस वर्ष पनि फागुन १२ गते दुर्गन्ध व्यवस्थापनको लागि हरिवन नगरपालिकामा ज्ञापन पत्र बुझाए पनि नगरपालिकाले कुनै किसिम्मको चासो नदेखाएको र हाल सम्म फोहर तथा दुर्गन्ध व्यवस्थापनमा नगरपालिका र मिलले चासो नदेखाएपछि बाध्य भएर आफुहरुलाइ बिरोध गर्नुपरेको इंन्दु शंकर चिनी उधोग दुर्गन्ध नियन्त्रण आन्दोलन परिचालन कमिटि संयोजक अंजना पन्त कडरीयाले बताए । चिनी मिलले ७ दिन भित्र दुर्गन्ध व्यवस्थापन गर्ने आश्वासन दिएको र यदि ७ दिनमा पनि फोहर तथा दुर्गन्ध व्यवस्थापन नभए थप विरोधका कार्यक्रमहरु अघि बढाइने संयोजक कडरीयाले बताए । न ग र प ा िल क ा नगरवासीको स्वास्थ्य प्रति उतरदायी रहेको र आन्दोलनरत पक्षको माग प्रति नगरपालिकाको गम्भिर ध्यानाकर्षन भएकोले उहाँहरुको मागहरु छिट्टैनै पुरा गरिने प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुडालले बताए ।

Comment


Related News

Latest News

Trending News