अपडेट 
२०७७ चैत्र १०, मंगलवार ०७:३८

बीरेन्द्र बजार(सप्तरी) । अदालतले जम्म कैद सुनाएका जसपा साँसद रेशम चौधरीको रिहाईका लागि शक्ति संचेती गर्ने उदेश्यका साथ सप्तरीको गाउँ गाउँमा जागरण सभाको तयारीले तिब्रता पाएका छन् ।

जसपा निकट जनबर्गीय संगठन जनता समाजबादी थारु संघले जागरण सभा सफलताका लागि तल्लो तह सम्म अभियानलाई तिब्रता दिएका हुन् । संघले स्थानीय तहमा गठित तयारी समितिलाई परिचालन गरि वडा समिती गठन गरि प्रचार प्रसारलाई निरन्तरता दिएको छ । सोही क्रममा संघद्वारा सोमबार अग्निसाईर कृष्णासवरन गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । जनता समाजवादी पार्टी नेपाल अग्निसाईर कृष्णासवरन गाउँपालिकाका संयोजक सत्य नारायण चौधरीको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा संसद रेशम चौधरीको रिहाईका साथै अधिकार सुनिश्चितताको लागि भाबनात्मक एकता आबश्यक हुनेमा जोड दिए । रेशम चौधरी माथिको अन्याय विरुद्ध गोलबद्व हुने प्रतिबद्धता जनाउदै बक्ताहरुले रेशम चौधरी लगायतका टिकापुर बिद्रोहका थारु नेताहरू माथी लगाईएका झुठामुद्वा खारेज नभए सम्म जागरण अभियानलाई जारी राक्नुपर्ने आबश्यता औल्याए ।

अन्तरक्रिया कार्यक्रममा जनता समाजवादी पार्टी थारु संघका केन्द्रिय ईन्चार्ज बिनोद चौधरी, जागरण सभा आयोजक समितिका संयोजक कल्पना चौधरी, जसपा केन्द्रिय सदस्य महेन्द्र प्रसाद चौधरी, जसपा थारु संघका केन्द्रीय सचिव राम प्रसाद चौधरी, जसपा नेता दिल कुमारी चौधरी, जिल्ला सदस्य बिनोद चौधरी, आदिवासी जनजाति युवा महासंघका पुर्व केन्द्रिय महासचिव सुदर्शन चौधरी, जसपा अग्निसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष रामदेव यादव लगायतका स्थानीय जसपा नेताकार्यकर्ताले बिचार व्यक्त गरेका थिए । कार्यक्रमको संचालन जसपा थारु संघका केन्द्रीय सदस्य मिलन चौधरीले गरे । जसपा निकट जनता समाजवादी थारु संघ केन्द्रिय समितिको आयोजना, जसपा निकट सप्तरीका जनबर्गीय संगठनहरु सह आयोजक तथा जसपा नेपाल सप्तरीको समवन्यमा चैत २० गते शम्भुनाथ नगरपालिका ७ स्थित माबी भगतपुरमा विशाल जागरण सभा आयोजना गर्ने तयारी गरेको छ । राष्ट्रिय जनजागरण सभालाई जसपाका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको तयारी समितिका संयोजक कल्पना चौधरीले जानकारी दिईन ।

Comment


Related News

Latest News

Trending News