अपडेट 
२०७७ चैत्र १०, मंगलवार ०७:४२

गौर । रौतहट जिल्लाको माधव नारायण नगरपालिका माधोपुरमा सोमबार जिल्ला प्रसाशन कार्यालय रौतहटको आयोजनामा नागरिक प्रति उत्तरदायित्व प्रवद्र्धनको लागि नागरिक संवाद कार्यक्रम संपन्न भएको छ । सरकारी कार्यालयहरुबाट दिइने सेवाको लागि नागरिकबाट गुनासो तथा सुझाव संकलन गर्ने उदेश्यले रौतहटमा यस्तो कार्यक्रमको शुरुवात गरिएको हो ।

माधव नारायण नगरपालिकाको व्यवस्थापन तथा सहजीकरणमा आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी भएका नागरिकहरुले जिल्ला प्रसाशन कार्यालयबाट प्रदान गरिने सेवा प्रति असन्तुस्टि जनाएका छन । नागरिकता प्रमाण पत्र , राहदानी , नागरिकता प्रमाण पत्रको प्रतिलिपि लिन जादा कर्मचारीहरुले गैर कÞानूनी रुपमा आर्थिक लाभ लिने उदेश्यले हैरानी गर्ने गरेको गुनासो पोखेका छन । नागरिकताको लागि चाहिने आवश्यक कागजात हुदा हुदै पनि यो मिलेन त्यों मिलेन भनी सेवाग्राहीलाइ परेशानी गर्ने गरेको गुनासो नागरिकहरुले सहायक प्रमुख जिल्ला अधिकारी बसंत भट्टराई तथा प्रशासकीय अधिकृत मुकेश चौरसिया समक्ष राखेका थिए । माधव नारायण नगरपालिकाका ६ नम्बर वड़ाका वडाध्यक्ष राजीव यादवले वड़ा कार्यालयले सवै कागजात हेरेर सिफारिश गरेको अवस्थामा पनि जिल्ला प्रसाशन कार्यालयका कर्मचारीले सरजमीन काटने गरेको टिपण्णी गरे । उहाले भने छिटो छरितो सेवा प्रबाह गर्नुको साटो हैरानी परेशानी गर्ने कार्य जिल्ला प्रसाशन कार्यालयको कर्मचारी हरुले गर्ने गरेको छ त्यसो कार्यमा सुधार ल्याउनु पर्ने सुझाव समेत उहाले दिए । माधव नारायण नगरपालिकाले गरेको सार्वजानिक सुनवाई कार्यक्रममा कागजात नमिलेको भन्ने कर्मचारीलाइ ५ सय रुपैया अवैध रुपमा दिने वित्तिकै नागरिकता बनाउने गरेको उल्लेख गरे । पछिलो समय जिल्ला प्रसाशन कार्यालयको कर्मचारीहरुको कार्य शैली देखेर पीडि़त भएका नागरिकहरुले जनताको पीड़ा सुनने उदेश्यले कार्यक्रम आयोजना गरेको प्रति धन्यवाद ज्ञापन समेत गरेका छन ।स्थानीय वड़ा नम्बर १ दिपहीका राम विकेश यादवले मुलुक नय संरचनामा प्रवेश गरे पनि रौतहटको शिक्षाको अवस्थाको सुधार हुन नसकेको गुनासो गरे । सिंहदरवारको अवधारणा सहित स्थापना गरिएको स्थानीय सरकारले पनि शिक्षाको स्तरमा परिवर्तन गर्ने खालका गतिविधि गर्न नसकेको बताए ।

स्थानीय स्तरबाट शैक्षिक अवस्था सुधार गर्नु पर्ने जोड़ दिदै यादवले जेष्ठ नागरिक मैत्री सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली लागु गर्नु पर्ने मांग गरे । पूर्वाधार विकास निर्माणको कार्यमा गैर कÞानूनी रुपमा १० प्रतिसत कमिसन दिनु पर्ने गलत प्रवृतिको समाप्त गरी राम्रो कार्य गर्ने निर्माण व्यवसायी , उपभोक्ता समितिलाइ पुरस्कृत गर्ने परिपाटीको विकास गर्नु पर्ने सुझाव दिए । जनता समाजवादी पार्टीका नेता राम निवास यादवले नगरपालिकाले शुद्ध खानेपानीको लागि वर्षो देखि अलपत्र परेको ओभरहेड खानेपानी टयांकीको निर्माणमा ध्यान नपुर्याएको गुनासो गरे । गाउका स्थानीय जनताहरु आर्सेनिक युक्त खानेपानी पिउन बाध्य भएकोले शुद्ध खानेपानी पिउने व्यवस्था गर्नु पर्ने मांग गरे । बाढि़ दुवानको उच्च जोखिममा माधव नारायण नगरपालिका रहेकोले सुरक्षित आवासको लागि योजना ल्याएर भवन निर्माण गर्नु पर्ने सुझाव दिए । स्थानीय राम कृपाल यादवले जिल्लामा सञ्चालन हुने परियोजना र आयोजनाको पूण रूपेण विबरण स्थायी रुपमा आयोजना स्थलमा लगाउने कार्य गर्नु पर्ने नगरपालिकालाइ सुझाव दिएका छन । केन्द्र , प्रदेश , स्थानीय , सांसद , प्रदेश सांसद , संघ सस्थाहरुले गर्ने कार्यको जानकारी आम नेपाली जनतालाइ नहुने गरेकोले हुने विकास निर्माण , सामाजिक विकास कार्य तथा जनचेतना मूलक कार्यक्रमको प्रत्यक्ष जानकारी हुने गरी होर्डिंग बोर्ड लगाउने प्रक्रिया लागु गराउन मांग गरे । नायव सुब्बा राम नरेश साहले सञ्चालन गरेको कार्यक्रममा उठेका नागरिकको जिज्ञासाको सम्वोधन गर्दै नगर प्रमुख वीरेन्द्र प्रसाद यादवले नगरपालिकाले जनताको चाहना अनुसार पारदर्शी ढंगबाट कार्य गर्दै आएको बताएका छन । नगरपालिकाले शिक्षा , स्वास्थ्य , खेलकूद , सामाजिक विकास , पर्यटन ,धार्मिक स्थलको विकास र पूर्वाधारको विकास निर्माणको कार्यमा गंभीरताको साथ कार्य गर्दै आएको दावी गरे । नगर प्रमुख यादवले विकासको क्षेत्रमा नगरपालिकाले फड्को मार्दै गएको भन्दै आगामी दिनमा आएका सुझाव गुनासोलाइ सम्वोधन गर्दै जाने समेत प्रतिवद्धता व्यक्त गरे । सार्वजानिक सुनवाई कार्यक्रममा नगरपालिकाका नगर उपप्रमुख सिमल कुमारी साह , प्रमुख प्रसाशकीय अधिकृत प्रलव कायस्थ लगायत निर्वाचित वड़ा अध्यक्ष ,सदस्यहरु सहभागी भएका थिए ।

Comment


Related News

Latest News

Trending News