अपडेट 
२०७७ चैत्र १०, मंगलवार ०७:५४

गौर । रौतहट जिल्लाका क्रियाशील पत्रकारहरुको समूहले सदस्यता नदिएको भन्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यालय मा सोमबार तालाबन्दी गरेको छ ।

आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा सहभागी हुनबाट नियत बस बंचित गरेको भन्दै क्रियाशील पत्रकारहरुले महासंघको कार्यालय तालाबन्दी गरेको हो । नेपाल पत्रकार महासंघले सदस्यता प्रदान गर्न आफ्नो नजिकका व्यक्ति गैर पत्रकारलाइ सिफारिश गरी पत्रकारिता क्षेत्रमा आवद्ध रहेका पत्रकारहरुलाई बंचित गरेकोले सदस्यता दिनु पर्ने मांग उनीहरुका रहेको छ । बैनर सहित नारावाजी गर्दै महासंघको कार्यालयमा पुगेका सक्रीय पत्रकारहरुको टोलीले मांग सम्वोधन नगरे सम्म महासंघको विरुद्धमा संघर्ष गरिने चेतावनी समेत दिएका छन । नेपाल पत्रकार महासंघका अध्यक्ष रविन्द्र प्रसाद साहले गरेको ४० जनाको नया सदस्ताको सिफारिशलाइ महासंघको केंद्रीय कार्य समितिले स्वीकृत नगरेको कारण ती पत्रकारहरु सदस्ता पाउनबाट बंचित भएको हो । तालाबन्दीमा सहभागी भएका युवराज मिडियाका प्रवीण कुमार पांडेयले नेपाल पत्रकार महासंघका पदाधिकारीहरुको कारण सक्रीय पत्रकारहरु महासंघको सदस्य हुनबाट बंचित भएको आरोप लगाए । उहाले महासंघको कार्य प्रति आपत्ति समेत जनाउँदै पत्रकारिता क्षेत्रमा लागेकालाइ सदस्ता प्रदान गर्न जोड़दार मांग गरे ।

रौतहटमा सक्रीय रुपमा पत्रकरिता गरी रहेका अभिमन्यु पटेल , चंचल कुमार झा , अरविन्द कुमार यादव , अर्पणा झा , अजित कुमार कर्ण , राजेश्वर पांडेय , दिलीप पांडेय , मनोज चौधरी , प्रिमेष सिवाकोटि , प्रवीण तिवड़ेवाल , सत्येन्द्र प्रताप सिंह , प्रदीप यादव , अल्पना यादव , रामविश्वास मुखिया , ओमप्रकाश यादव , मेवालाल यादव , हनुमत यादव ,लगायतका दर्जनौ सक्रीय युवा पत्रकारहरुले महासंघको सदस्ता पाउने आशा राखेका थिए तर महसंघका पदाधिकारीहरुको आपसी स्वार्थ तथा विबादको कारणले गर्दा हुने निर्वाचनमा सहभागिता हुनबाट बंचित भएको छ ।

Comment


Related News

Latest News

Trending News