अपडेट 
२०७७ चैत्र १०, मंगलवार ०७:५७

जनकपुरधाम । कंचनवन परिक्रमा बास स्थलको सोमबार युवाहरुले सरसफाई गरेका छन् । १५ दिवसीय परिक्रमाको आठौ दिन मिथिला बिहारी र किशोरीजीको डोला कंचनवन पुगेका थिए । कंचनवनमा भएक फोहर युवाहरुले सरसफाई गरेका हुन् ।

भंगहा नगरपालिका इकाई समितिको आयोजनामा विपीको चाहना स्वच्छ र सफा समाजको परिकल्पना मुल नाराका साथ विपी कोइराला यूवा नेतृत्व विकास मंच द्धारा कंचनवनको सरसफाई गरिएको क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष समाजसेवी सुरेश प्रसाद यादवले बताए । यादवका अनुसार मिथिलाको १५ दिने परिक्रमा पस्चात ५ दिने र २४ घण्टाको परिक्रमा यात्री आउन बाँकी रहेकोले पुनः यो बास स्थललाई सरसफाई गरिने छ ।

Comment


Related News

Latest News

Trending News