अपडेट 
२०७७ चैत्र १०, मंगलवार ०९:१२

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष ०७६-७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष ०७६-७७ को प्रतिवेदन प्रस्तुत गर्ने लगायतका कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । त्यसैगरी आजकाे बैठकमा उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन ०७७ पेस गर्ने सम्भावित कार्यक्रमसमेत रहेको जनाइएको छ । संसद पुन: स्थापना पछिको पाँचाैं प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

Comment


Related News

Latest News

Trending News