अपडेट 
२०७७ चैत्र १०, मंगलवार ०९:१९

दाङ । जिल्लामा बिहानै स्कुल बस पल्टिँदा दुई जनाको ज्यान गएको छ ।

ज्ञानज्योति सेकेन्डरी स्कुलको रा १ क ४३३ नम्बरको बस पल्टिँदा दुई विद्यार्थीको ज्यान गएको हाे भने दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । बस अनियन्त्रित भएर पल्टिँदा तुलसीपुर-१६ का अस्मिता डाँगी र किरण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।मंगलबार कोठरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ज्ञानज्योति बोर्डिङ स्कुलको बस अनियन्त्रित भएर पल्टिएको हो । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल र राप्ती लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

Comment


Related News

Latest News

Trending News