अपडेट 
२०७७ चैत्र १०, मंगलवार १४:१६

मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुन प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला चाँदी १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News