अपडेट 
२०७७ चैत्र १०, मंगलवार १५:४७

प्रतिनिधि सभाको बैठक एक सातासम्मका लागि स्थगित भएको छ ।

अर्को बैठक एक सातापछि चैत १८ गते बुधबार दिनको १ बजे बस्न भएको छ । मंगलबार बसेको बैठकको शून्य समयमा बोलेका केही सांसदहरुले सरकारले प्रतिनिधि सभा विघटन गरेको विषयमा विरोध जनाएका छन् । साथै भारतले नेपालको थप भूमी मिचेको बिषयमा कुरा उठाएका छन् । काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडू र जिप छिरिङ लामाले भारतले अतिक्रमण गरेको भूभागको प्रकाशित नक्सा संसदबाट पारित गर्ने तर सीमा अतिक्रमण हुँदा सरकार किन मौन रहेको भन्दै प्रश्न गरेका छन् । साथै आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

Comment


Related News

Latest News

Trending News