अपडेट 
२०७७ चैत्र ११, बुधबार ०६:५०

जनकपुरधाम । देशव्यापी रुपमा ‘डिजिटल बैंकिङ्ग’ को प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुसार जनकपुरधामका ३ सय ६८ जना मर्चेन्टलाई क्युआर कोडि वितरण गरिएको छ ।

नेपाल बैंकर्स संघ प्रदेश २ ले मंगलबार एक कार्यक्रमको आयोजना गरि स्थानीय विभिन्न २७ वटा बैंकका ३३६८ जना मर्चेन्टलाई क्युआर कोड वितरण गरिएको नेपाल बैंकर्स संघ प्रदेश २ का अध्यक्ष राजेश तिमल्सिनाले जानकारी दिए । क्युआर कोड वितरण कार्यक्रममा प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले डिजिटल बैंकिङग र क्यासलेस कारोवार भरपर्दो हुने गरेको बताए । विकसित मुलुकहरुमा क्यासलेस कारोवार उच्च रहेकोले हाम्रो देशमा पनि सोही अनुसारको बैंकिङ कारोवार हुनुपर्नेमा मन्त्री साहले जोड दिए । कोरोना कालमा बैंकहरुले सहयोग गरेको भन्दै मन्त्री साहले प्रदेश सरकारको तर्फबाट धन्यवाद समेत दिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक रुपैयाँको नोट छाप्न राज्यलाई दुई रुपैयाँभन्दा बढि रकम खर्च हुने गरेको बताए । ‘एक रुपैयाँको नोट छाप्न दुई रुपैयाँ भन्दा बढि रकम खर्च हुन्छ, गभर्नर अधिकारीले भने,‘ एक हजारको एउटा नोट छाप्न राज्यको ३ रुपैयाँ सम्म हुन्छ । त्यसकारण क्यासलेस र डिजिटल बैंकिङगको अवधारणा नेपाल राष्ट्र बैंकले लिएको छ ।’ नेपाल राष्ट्र बैंकले विद्युतिय कारोवारमा जोड दिएको उल्लेख गर्दै गभर्नर अधिकारीले भने,‘ विद्युतिय माध्यममा आर्थिक कारोवार भएको खण्डमा आर्थिक कारोवारमा रहेका विकृति पनि विस्तारै समाप्त हुदै जान्छ । व्यापारीक कारोवार गर्न वा पैसालेनदेन गर्न कुनै प्रकारको असुरक्षा पनि हुदैन ।’संसारका विकसित मुलुकहरुले विद्युतिय बैंकिङग कारोबारमा जोड दिदै आएको गभर्नर अधिकारीको भनाई थियो । कोरोना कालमा आम जनता तथा व्यवसायीलाई ध्यानमा राखेर नै नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक कारोवारलाई चलायमान बनाउन विभिन्न योजनाहरु ल्याएको उनले बताए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जनकपुरधाममा बैंक तथा वित्तिय संस्थाहरु फस्टाउदै गएको बताए । नयाँ जनकपुरधाम निर्माणमा सरकारी तथा गैर सरकारी बैंक तथा वित्तिय संघसंस्थाहरुको सहयोग महत्वपुर्ण रहने बताउदै मेयर साहले जनकपुरधाम उपमहनगरपालिकाको विकास निर्माणदेखि समाजिक क्षेत्रमा सहकार्य गर्न बैंकहरुलाई आग्रह समेत गरे । समयनुसार डिजिटल बैकिङग र क्यास लेस कारोवारको विकास भईरहेको मेयर साहले बताए । कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दहालले देशभर ‘डिजिटल नेपाल’को प्रबद्र्धनमा नेपालराष्ट्र बैंकसँग मिलेर अगाडि बढ्न बैंकहरु तयार रहेको बताए । क्यूआर कोडको प्रयोग अहिलेको कोभिड–१९ को महामारीको वेला उपयोगी सावित हुने गरेको उनले बताए । कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित कुमार साह सहतिका वक्ताहरुले मन्तव्य राखेका थिए ।

Comment


Related News

Latest News

Trending News