अपडेट 
२०७७ चैत्र ११, बुधबार ०६:५६

गौर । शिक्षक अभावमा रौतहटको राजपुर नगरपालिकामा आधारभूत विद्यालयको पठनपठन प्रभावित भएको छ ।

संघीय व्यवस्था भए पछि विद्यालयको सञ्चालन गर्ने अधिकार स्थानीय तहमा समवेश गरिएकोले नगरपालिकाले शिक्षाको विकास तर्फ ध्यान केंद्रित नगरेको कारण नगरपालिका भित्रमा भएका विद्यालयहरुको अवस्था दयनीय बन्दै गएको हो । विषय गत शिक्षकको व्यवस्था नगरपालिका तथा केंद्रीय सरकारले समयमा नगरेकोले संयुक्त कक्षा सञ्चालन गरेर पठनपठन गराई रहेको शिक्षकहरुको गुनासो रहेका छन् । वड़ा नम्बर ७ अकोलबामा संचालित श्री सरस्वती सदन आधारभूत विद्यालयको शैक्षिक अवस्था दयनीय रहेको पाइएको छ । विद्यालय भवनको निर्माण गरिएको भएपनि विद्यार्थीहरुलाई बस्न फर्निचरको अभाव रहेकोले भुईमा बस्ने बाध्यता भएको विद्यालयका निमित प्राध्यानध्यापक राम नारायण तिवारीले बताए । कक्षा ७ सम्म पढाई हुने सो विद्यालयमा शिशुदेखि कक्षा ७ सम्म गरी ५३० जना विद्यार्थी रहेको विद्यालयमा ६ जना शिक्षक रहेको छ । ५० जना विद्यार्थीमा एउटा शिक्षक हुनु पर्ने शिक्षा नियमावलीले व्यवस्था गरेको छ । विद्यार्थी अनुपातमा शिक्षकको बहाली नगरपालिकाले गर्न नसकेको कारण अध्ययन अध्यापन गराउन समस्या भैरहेको उनले गुनासो गरे । नगरपालिकालाई दरवन्दी अनुसारको शिक्षक आपूर्ति गर्न पटक पटक आग्रह गर्दा कुनै उत्सुकता देखाउन नसकेको उनको भनाइ रहेको छ ।

महिला शिक्षिका १ जना भएको सो विद्यालयमा १ देखि ७ सम्म पढाउने शिक्षक ५ जना रहेको छ । कक्षा ६ र ७ मा पढाई हुने विषयको शिक्षक नभएकोले आलोपालो गरी शिक्षक दिने गरेको उल्लेख गरे । विद्यालयको प्रधानाध्यापक मणिशंकर निधि रहेका छन् । नेपाली, अंग्रेजी,गणित र विज्ञानको शिक्षक अतिआवश्यक भएको तिवारीले बताए । पुरानो सत्र संपन्न हुन लाग्दा पानी विद्यार्थीहरुको विषयको पढाई पूर्ण हुन सकेको छैन् । प्रधानाध्यापक राजनीतिक तथा कार्यालय सहयोगी वड़ा सचिवको छोरो भएको सो विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई शुद्ध खानेपानी पिउने समस्या रहेको छ । आर्सेनिक युक्त पानी खाएमा शरीरमा नकारात्मक असर हुने भएपनि शुद्ध खानेपानीको व्यवस्था सम्वन्धित विद्यालय र जिम्मेवार नगरपालिकाले गर्न सकेको छैन । विद्यालयको कार्यालय सहयोगी सोही वड़ाका वड़ा सचिव जय मंगल महतोको छोरा संदीप महतो रहेका छन । विद्यालयमा गर्नु पर्ने कार्य समेत नगर्ने गरेको बुझिएको छ । ६७० जना विद्यार्थी भएको स्थानीय वड़ा नम्बर ३ बलुवामा संचालित रहेका किसान आधारभूत विद्यालयको अवस्था त्यस्तै रहेको छ । त्यस विद्यालयका निमित प्राध्यानध्यापक श्याम नरेश सिंहले विद्यार्थीहरुको पढाई प्रभावित भएको स्वीकार्य गरेका छन । दिवा खाजा लागु भएपछि विद्यार्थीहरुको संख्यामा बृद्धि भएको छ तर शिक्षकको संख्या न्यून रहेकोले समस्या भएको उनले बताए । ३ स्थायी ३ राहत र एक जना बालविकासका शिक्षिका रहेका छन् । बेन्च डेस्क अपर्याप्त भएकोले भुईँमा विद्यार्थीलाई बसाउनु पर्ने बाध्यता रहेको जनाए ।

प्रधानाध्यापक एजाजुल हकÞ खा रहेका छन् । खा नगर शिक्षा समितिको शिक्षक सहायक संयोजक छन् । दरवन्दी मिलानको लागि प्रक्रिया चालिएको भनी रहेका नगरपालिकाले शिक्षक व्यवस्था गर्न सकेको छैन उनले भने पढाई कसरी हुन्छ विद्यार्थीको भविष्य अंधकारमा फस्दै गएपनि अभिभावकहरु उदासिनता देखाई रहेको टिप्पणी उनले गरे । कम्प्यूटर शिक्षक लागु भएको ५ वर्ष पुगे पनि अहिले सम्म नगरपालिकाले कम्प्यूटर सम्वन्धी शिक्षक व्यवस्था गर्न नसकेको गुनासो गरे । विषयगत शिक्षकको अभाव रहेकोले समय मै व्यवस्थापन गराउन सम्वन्धित निकाय सित उनले मांग गरेका छन । रौतहट जिल्ला शिक्षाको स्तरमा सवै जिल्ला भन्दा पछि रहे पनि जिल्लाको शिक्षाको स्तर उकास्न स्थानीय सरकारले उल्लेखनीय भूमिका निर्वाह गर्न सकेको छैन । शिक्षा नै मानव जीवनको मूल आधार भएकोले शिक्षामा लगानी नगर्नु गैर जिम्मेवारीपूर्ण भएको स्थानियको टिप्पणी रहेको छ । नगरपालिकाका नगर प्रमुख मोहमद सकिल अख्तरले शिक्षामा बढ़ी लगानी गर्दै आएको भन्ने गरेपनि स्थलगतमा सो नगरपालिकाको शिक्षक संस्थाको अवस्था निकै दयनीय रहेको छ ।

Comment


Related News

Latest News

Trending News