अपडेट 
२०७७ चैत्र ११, बुधबार ०९:१५

सर्लाहीको बरहथवा नगरपालिकामा भएको आगलागीबाट १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

नगरपालिकाको वडानम्बर ९ ब्रहमस्थान बस्ने राजकुमार महतोको घरमा विद्युत सर्ट भएर मंगलबार राति आगलागी हुँदा घर, घरभित्र रहेको नगद ३ लाख ५० हजारसहित सम्पूर्ण सामान जलेको प्रहरीले जनाएको छ । उक्त आगलागीले ९ हजार ५० हजार बराबरको क्षति भएको छ । सोही आगोले राजकुमारका छिमेकी जोगि  महतोको घरको काठको बरण्डामा राखिएको ५० हजार बराबरको कपडा जलेर भएको छ । उक्त आगोलाई स्थानीयवासी र प्रहरी मिलेर नियन्त्रणमा लिएको सर्लाही प्रहरीका प्रक्ता मदन कुँवरले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News