अपडेट 
२०७७ चैत्र ११, बुधबार ११:३४

वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकामा अर्नाको आक्रमणबाट एकजना महिला गम्भीर घाइते भएकी छन् ।

पटेर्वासुगौली-२ गादी चाफीकी ६० वर्षीया तुलमाया आलेमगर गम्भीर घाइते भएकी हुन् । गाउँकै छेउको जंगलमा घाँस काट्न गएको अवस्थामा उनलाई बुधबार बिहान अर्नाले आक्रमण गरेको वडाअध्यक्ष विजय गैरेले जानकारी दिए । ‘घाँस काट्नका लागि तीन/चारजना गाउँ नजिकैको जङ्गलमा पुगेका रहेछन्,’ उनले भने, ‘सोही क्रममा तुलमायालाई अर्नाले आक्रमण गरेछ । एम्बुलेन्समा राखेर उपचारका लागि वीरगञ्ज पठाएका छौं ।’ अर्ना चितवन राष्ट्रिय निकुञ्जबाट पर्सा राष्ट्रिय निकुञ्जतर्फ आएको हुनसक्ने अनुमान रहेको छ ।

Comment


Related News

Latest News

Trending News