![](https://ejanakpurtoday.com/wp-content/uploads/2021/03/cdo-office-bara-jilla-prashasan-bara-karyalaya.jpg)
जिल्ला प्रशासन कार्यालय बाराले मास्क नलगाई घरबाहिर हिड्नेलाई कारबाही गर्ने भएको छ ।
भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै सतकर्तता अपनाउन भन्दै प्रशासनले मास्क नलगाई बाहिर हिड्नेलाई कारबाही गर्ने भएको हो । डीसीसीएमसीको मंगलबार बसेको बैठकले मास्क नलगाई हिँडेको पाइएमा संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने निर्णय भएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । प्रशासनले कोरोना संक्रमणको जोखिमबाट बच्न फागुपूर्णिमा (होली)मा भिडभाड नगर्न भनेको छ । सीमानाकाबाट आउने यात्रुहरुको आवतजावतलाई व्यवस्थित गरी उनीहरुको अनिवार्य रुपमा अभिलेख राख्ने तथा नेपाल प्रवेश गर्ने यात्रुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराए मात्र प्रवेश गर्न दिने सूचनामा उल्लेख छ ।
![](https://i0.wp.com/ejanakpurtoday.com/wp-content/uploads/2021/03/cdo-office-bara-suchana.jpg?resize=683%2C1024&ssl=1)