अपडेट 
२०७७ चैत्र १२, बिहीबार ०८:२३

जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य राजीव झाले मधेशको मुद्दा पहिलो प्राथमिकता रहेको वताएका छन । मधेश आवाज संग कुरा गर्दै क्लोथ वैंक नेपाल तथा नेपाल भारत सीमा सम्वाद समुहका अध्यक्ष समेत रहेका नेता झाले सांसद रेशमलाल चौधरीको रिहाई,मधेश थरुहटआन्दोलनका वेला लगाइएका झुठा मुद्दा फिर्ता,संविधान संसोधन लगायतका मुद्दा जसपाको पहिलो प्राथमिकता रहेको वताए । उनले यस विषयमा वर्तमान प्रधानमन्त्री केपी ओली देखि लिएर विभिनन पार्टीसंग छलफल चलिरहेको वताउदै सरकारमा जाने विषयमा भन्दा पनि यी विषयहरु पार्टीका लागि प्राथमिकताको विषय रहेको वताए ।

सरकारमा को संग जाने विषयमा पार्टीको आधिकारिक धारणा अहिले सम्म नआएको र यस विषयमा कुनै किसीमको टिप्पणी आउनु व्यक्तिगत धारणा मात्र रहेको वताउदै नेता झाले भने, हाम्रा लागि त कांग्रेस, एमाले र माओवादी केन्द्र तीतवटै दल प्रतिगमनकारी हुन् । अन्तरिम संविधान निर्माण भइरहँदा माओवादी अध्यक्ष प्रचण्डले पनि संघीयता र समानुपातिक समावेशितालाई बेवास्ता गर्नुभएको थियो । हाम्रा लागि केपी ओली, प्रचण्ड र शेरबहादुर देउवा एउटै हुन् । शोषित–पीडितहरुको सवालमा उहाँहरु सबै प्रतिगमनकारी नै हुन् । हाम्रो लागि कोही छुत वा अछुत छैनन् । जसले हाम्रो मुद्दाप्रति अपनत्व देखाउँछ, जसले हाम्रो मागलाई सम्बोधन गर्छ उसैलाई हामीले विश्वास गर्ने हो । उनले भने ।जसपा भित्र दुइ धार भएको संचारमाध्यममा आइरहेको विषयमा उनले पार्टीमा मतमतान्तर हुनु स्वाभिकै रहेकोले यसबाट पार्टी न फुटने वताए । उनले जसपामा एउटा मात्र धार रहेको वताउदै भने, जसपाले पूरै देशभरिका शोषित, पीडित, उपेक्षित, अपहेलित, अपमानित समुदायको अधिकार र सवालका विषयहरु उठाउँदै आएको छ । जसपामा कुनै किसिमको मतभिन्नता वा दुई धार छैन । अहिले जसपा निर्णायक शक्तिको रुपमा देखिएको छ । त्यसैले यसलाई कमजोर बनाउन केही भ्रामक कुराहरु प्रायोजितरुपमा बाहिर आइरहेका छन् । कांग्रेस र कम्युनिष्टको विकल्पमा नयाँ शक्ति वैकल्पिक शक्ति बन्ने क्रममा जसपा रहेको छ । हाम्रो माग जसले पहिला पूरा गर्छ, जसपाले उसलाई नै साथ दिन्छ ।

Comment


Related News

Latest News

Trending News