अपडेट 
२०७७ चैत्र १२, बिहीबार ११:४०

सर्लाहीको लालबन्दीमा फेरि १५ किलो लागुऔषध गाँजा बरामद भएको छ ।

लालबन्दी नगरपालिका–७ मा ना२ह ५९३६ नम्बरको अटो चेकजाँच गर्ने क्रममा सिटमुनि लुकाई राखिएको १५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए । गाँजा फेला परेपछि अटो चालक लालबन्दी–११ बस्ने ४७ वर्षीय सोमबहादुर स्याङतानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको सूचनाका आधारमा ईश्वरपुर नगरपालिका ८ वस्ने ३२ वर्षीय रामविश्वास राउत र महोतरीको सोनमा गाउँपालिका–४ वस्ने ३३ वर्षीय रमाशंकर राउतलाई पनि प्रहरीले नियन्त्रण्मा लिएको छ । राउतद्वयलाई लालबन्दी नगरपालिका–७ कालिन्जोर खोलाबाट बीआर३०टी०१०३ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News