अपडेट 
२०७७ चैत्र १२, बिहीबार १६:१८

डिल्लीबजार जेलमा रहेका जसपा सांसद रेशम चौधरी र लक्ष्मण चौधरी लगायतको मुद्दा खारेजका लागि आयोजित विरोध सभामा गृहमन्त्री रामबहादुर थापा सहभागी भएका छन् ।

माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी थापाले सडकमा बसेर सम्बोधन गरेका थिए । विरोध कार्यक्रम थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको सो कार्यक्रममा थापाले राजनीतिक आन्दोलनका कैदी बन्दीको रिहाइ हुनपर्ने बताए ।

Comment


Related News

Latest News

Trending News