अपडेट 
२०७७ चैत्र १२, बिहीबार १६:४३

राजबिराज, सप्तरी १२ चैत्र । जसपाका युवा नेता एवंम गत स्थानीय तहको निर्वाचनमा तत्कालीन संघिय समाजवादी फोरम बाट राजबिराज नगरपालिकाको प्रमुख पदका प्रत्यासी रहेका भिमराज यादव र्दुघटनामा परी घाइते भएका छन ।

राजबिराज ९ मलेठ स्थित निवास बाट विहिबार बिहान ११ बजे तिर स्कुटी चढी बजार तर्फ निस्केका बेला घर नजिकै अचानक बसले ठक्कर दिँदा उनी घाइते भएका हुन । तिब्र गतिमा गुडिरहेको ना ४ ख ७१८७ नम्बरको बसले ठक्कर दिए पछि सडक आसपास हिडिरहेका पैदल यात्रु, स्थानीय वासी र अरु सबारी चालकले बसलाई घेरा हाली नियन्त्रणमा लिएका थिए । घाइते ५० वर्षीय यादवलाई स्थानीय छिन्नमस्ता अस्पतालमा उपचारका लागि भर्ना गराइएको छ । उनको हाथ, खुट्टा, छाती र कम्मरमा गहिरो चोट देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन । प्रहरी उपरिक्षक राजेन्द्र धमलाले ठक्कर दिने गाडि र चालकलाई नियन्त्रणमा लिएर कार्वाही अधि बढाएको जानकारी दिए ।

https://www.youtube.com/watch?v=7mo3jiBAPXQ

Comment


Related News

Latest News

Trending News