२०७७ चैत्र १३, शुक्रबार ०७:१८

अफगानिस्तानको काबुल प्रान्तमा कम्तीमा २७ लडाकू मारिएका छन् ।

सरकारी सुरक्षा निकायले चलाएको सुरक्षा कारबाही अभियानका क्रममा पछिल्लो २४ घण्टामा २७ लडाकू मारिएको सेनाले जानकारी दिएको हो । सेनाले बिहीबार जारी गरेको वक्तव्यका अनुसार सुरक्षा कारबाहीका क्रममा अरु १८ लडाकू घाइते पनि भएका छन्। लडाकूहरुले प्रयोग गर्ने गरेको मोटरसाइकल, विस्फोटक पदार्थ तथा अन्य हतियारहरु समेत सुरक्षाकर्मीले नष्ट पारेका छन्। सुरक्षा कारबाहीका क्रममा सरकारी सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने केही उल्ले गरेको छैन ।

Comment

Related News

Latest News

Trending News