अपडेट 
२०७७ चैत्र १३, शुक्रबार ०७:२५

मुख्यमन्त्री लालबाबु राउतले ‘देखिने काम गर्न’ प्रदेशका सचिवहरुलाई निर्देशन दिएका छन् ।

प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै मुख्यमन्त्री राउतले जनताले देख्ने कार्य गर्न निर्देशन दिए । उनले कर्मचारीहरुलाई दक्ष बनाउनका साथै पूर्वाधार निर्माण कार्य समेत अगाडी बढाउन मुख्यमन्त्री राउतले निर्देशन दिएका छन् । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आगामी आर्थिक वर्ष २०७८÷७९को प्रादेशिक वार्षिक रणनीतिक कार्यान्वयन योजना पूर्व तयारी बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले परम्परागत कार्यक्रमहरुले मात्र प्रदेश तथा स्थानीय शासनमा सहयोग नपुग्ने उल्लेख गरे । हामी जनमैत्री शासन चाहेका छौ, मुख्यमन्त्री राउतले भने,‘ यसको लागि कार्यालयहरुको व्यवस्थापन पनि जरुरी छ । हामीलाई भौतिक पूर्वाधारको निर्माणमा समेत जोड दिनु पर्छ ।’ मुजेलियास्थित ग्रामीण विकास केन्द्रलाई प्रदेशकै अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्नका लागी अविलम्ब गुरुयोजना तयार गरेर अगाडी बढ्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिए । उनले प्रदेश र स्थानीय तह बीचको सम्बन्धलाई सुमधुर बनाउदै उत्तम शासन व्यवस्थाका लागि आवश्यक कार्यक्रमहरु तर्जुमा गर्नु पर्नेमा जोड दिएका थिए । प्रदेशका प्रमुख सचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्य न्यायधिवक्ता दिपेन्द्र झाल सरकारको प्राथमिकतालाई मध्यनजर गर्दै पिएलजिएसपीको कार्यक्रम ल्याउनु पर्ने बताए ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रदेश सरकारले प्राथमिकतामा राखेको कार्यक्रमहरुलाई कार्यान्वयन गराउने तर्फ उन्मुख हुनु पर्नेमा त्यसको अभाव देखिएको उनले बताए । कार्यक्रममा प्रदेश सरकारका सचिवहरु, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी)का साझेदार संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News