अपडेट 
२०७७ चैत्र १३, शुक्रबार ०७:३०

गौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाको जिल्ला अधिवेशन नहुने संकेत देखा परेको छ ।

निवर्तमान कार्य समितिको कार्य प्रति असन्तुस्ट भएका जिल्लाका सक्रिय पत्रकारहरुले सदस्यताबाट बन्चित गरेको भन्दै महासंघको कार्यालयमा तालाबन्दी गर्दै जारी गरेको आन्दोलन धर्नाको कारण असहज परिस्थति उत्पन्न भएकोले चैत्र २५ गते भनिएको जिल्ला अधिवेशन हुने अवस्था नरहेको हो । निरन्तर रुपमा पत्रकारिता पेश अंगालेर कार्य गर्दै आएका संचारकर्मीहरुलाई शाखाका निर्वाचित पदाधिकारीको आपसी द्वन्दको कारण न्या सद्स्ताको लागि सिफारिस गरिएको पत्रकारहरुको केन्द्रिय कार्य समितिले दलगत भावनाबाट सद्स्ता नदिएपछि रौतहटका कृयाशिल पत्रकारहरुको समुह आन्दोलित भएका हुन । जिल्ला शाखाका अध्यक्ष रविन्द्र प्रसाद साहले गरेको ४२ जनाको सिफारिश माथि कार्य समितिका सचिव गौतम श्रेष्ठले गरेको अवरोधको कारण सद्स्ताबाट बन्चित गरिएको आन्दोलनकारी पत्रकारहरुको समुहले आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासंघको निर्वाचनको लागि सार्वजनिक गरिएको अन्तिम नामावलीमा पुराना सदस्यबाट १९ जनाको नाम हटाईएको विवरण सार्वजनिक भए लगतै नया सद्स्ताको लागि सिफारिस भएका संचारकर्मीहरुले महासंघको विरुद्धमा संघर्षमा उत्रिएपछि निर्वाचन हुने अवस्था असहज बनेको छ । नया सदस्ताको माग गर्दै आन्दोलनमा उत्रेका पत्रकार चंचल कुमार झाले नेपाल पत्रकार महासंघले गरेको त्रुटी सुधार नगरे सम्म निर्वाचन हुन नदिने चेतावनी दिएका छन् । सद्स्ता विबाद जटिल विषय बन्दै गएकोले यसको समाधान केन्द्रिय समिति तथा प्रदेश समितिले निर्वाचन अघि समाधान गर्न सकेन भने रौतहटमा निर्वाचन हुन नसक्ने शाखाका अध्यक्ष रविन्द्र साहले प्रेस विज्ञप्ति जारी गर्दै सचेत गरेका छन् । रौतहट शाखाले सिफारिश गरेको ४२ जना क्रियाशील पत्रकारलाइ नेपाल पत्रकार महासंघको सद्स्ता दिनु पर्ने विषयको प्रदेश समितिले अनुमोदन गरेपनि नया सदस्यता नथपिनु दुखद भएकोले निर्णय सच्च्याउन शाखाले विज्ञप्ति मार्फत माग गरेको छ ।

Comment


Related News

Latest News

Trending News