अपडेट 
२०७७ चैत्र १३, शुक्रबार ०७:३४

जगदम्बा स्टिल उद्योगको प्रदुषणको बिरोध भएपछि उद्योग बाणिज्य,श्रम तथा उपभोक्ता संसदीय समितिले उद्योगको अनुगमन गरेको छ ।

समितिका संयोजक बिमल श्रीवास्तवको नेतृत्वमा आएको टोलीले जगदम्बा स्टिल उद्योगको अनुगमन गर्नुको साथै स्थानीय समाजिक अगुवा ,जनप्रतिनिधि र ब्यपारीहरुसँग भेटघाट गरेको छ । समितीले उद्योगसँग बिभिन्न प्रश्न गरि अनुसन्धानकालागि आवश्यक कागजात माग गरेको हो ।जगदम्बा स्टिलले गरेको प्रदुषणको बिषयलाई लिएर स्थानीयले बिरोध गरिरहेका छन् । प्रहरीले जर्बजस्ती उद्योगमा लगाईएको ताल्चा खोलेपछि आक्रोसित स्थानीय र प्रहरीबिच झड्प भएको थियो । यता स्थानीय बिभिन्न सरोकार समितीहरुले उद्योग बाणिज्य,श्रम तथा उपभोक्ता संसदीय समितीका संयोजक श्रीवास्तवलाई जगदम्बा उद्योगले गरेको बायु प्रदुषण ,ध्वनी प्रदुषण ,डि.जि. सञ्चालन ,जग्गा अतिक्रमण ,गोदाम घर ,सड्कमा गरेको पार्किङ्ग लगायतको बिषय जानकारी गाराउँर्दैे ज्ञापनपत्र बुझाएका छन् । ब्यपारीहरुले बिरगंज पथलैया क्षेत्रलाई औधोगिक करिडोर घोषणा गर्न माग गरेका छन् । उनीहरुले बिरगंज पथलैया क्षेत्र मानवबस्ती क्षेत्र हो कि औधोगिक करिडोर हो छुट्याउँन माग गरेका थिए ।

Comment


Related News

Latest News

Trending News