अपडेट 
२०७७ चैत्र १३, शुक्रबार ११:१०

धनुषामा ट्रकको ठक्करबाट नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असइ)को मृत्यु भएको छ ।

शुक्रबार बिहानै ट्रकले ठक्कर दिँदा असइ मदनजङ्ग कापरको मृत्यु भएको प्रहरीले जनाएको छ । लु.५३प ८५७५ नम्बरको मोटरसाइकलमा सवार भई जनकपुरतर्फ आउँदै गरेका कापरलाई मिथिला नगरपालिका-१० स्थित लालगढमा ट्रकले ठक्कर दिएको हो । ठक्कर लगत्तै उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले बताए । ठक्कर दिएर भागेको ट्रकलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत असइ कापर बिहान जनकपुरतर्फ आउँदै गर्दा ट्रकले ठक्कर दिएको र उनको शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।

https://www.youtube.com/watch?v=7mo3jiBAPXQ

Comment


Related News

Latest News

Trending News