अपडेट 
२०७७ चैत्र १३, शुक्रबार ११:४९

हप्ताको अन्तिम दिन आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा ८६ हजार तीन सय रुपैयाँमा झरेको हो । समग्रमा भने यो हप्ता सुनको भाउ ९ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन तोलामा ८७ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ शुक्रबार आज ८६ हजार तीन सय रुपैयाँमा झरेको हो । आइतबार ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार दुई सय रुपैयाँले घटेको  थियो । मंगलबार फेरि तोलामा तीन सय रुपैयाँले घटेर सुनको भाउ ८६ हजार सात सय रुपैयाँमा झरेको थियो ।

यो भाउमा बुधबार कुनै घटबढ भएन । तर हिजो भने तोलामा दुई सय रुपैयाँले बढेर ८६ हजार ९ सय रुपैयाँमा पुगेको थियो । यो भाउमा फेरि आज ६ सय रुपैयाँले घटेको हो ।  यस्तै यो हप्ता चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन तोलाको १२ सय ८० रुपैयाँ रहेको चाँदीको भाउ आज अन्तिम दिन १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

https://www.youtube.com/watch?v=7mo3jiBAPXQ


 

Comment


Related News

Latest News

Trending News