अपडेट 
२०७७ चैत्र १३, शुक्रबार १२:१९

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

नयाँ मन्त्रीहरुको आजै अपरान्ह १ बजे सपथग्रहण राखिएको छ । पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङ आर्थिक मामिला मन्त्री हुने भएका छन् । त्यस्तै उषाकला राई सामाजिक विकासमन्त्री हुने भएकी छन् । हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री हुने भएका छन् । त्यस्तै उदयपुरकी कला घले र मोरङका राजकुमार ओझा राज्यमन्त्री नियुक्त हुने भएका छन् । दुवैजना नयाँ अनुहार हुन् । अर्को साता थप मन्त्री समेटेर ११ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाउने मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News