अपडेट 
२०७७ चैत्र १३, शुक्रबार १४:२९

सप्तरीको बलान बिहुल गाउँपालिका – २ बाट १८ किलो अवैध गाँजा बरामद गरिएको छ ।

सशस्त्रका प्रमुख प्रहरी निरीक्षक लाल बहादुर खड्काको कमाण्डमा सीमा सुरक्षामा खटिएको टोलीले अवैध गाँजा बरामद गरेको हो । बलान बिहुल गाउँपालिका -२ हुँदै बग्ने दक्षिण बलान नदीबाट भारततर्फ लगिरहेकाे अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेर अपराधी गाँजाको पोका फाली सिरहा तर्फ भागेका  थिए । त्यसरी फालेकाे तीन ओेटा गाँजाकाे पाेका बरामद गरेर ल्याएकाे प्रमुख प्रहरी निरीक्षक लाल बहादुर खड्काले बताउनुभयाे ।

Comment


Related News

Latest News

Trending News