२०७७ चैत्र १३, शुक्रबार १७:१७

प्रदेश २ का सामाजिक विकास मन्त्री मन्त्री नवल किशोर साहले ज्येष्ठ नागरिकहरु समाजमा जिउँदा इतिहास र अनुभवका खानी भएकाले उनीहरुबाट वर्तमान र भावी पुस्ताले धेरै ुकरा सिक्नु पर्ने बताएका छन् ।

शुक्रबार राजविराजमा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित “ज्येष्ठ नागरिकमा भएको ज्ञान, सीप र अनुभव अन्तरपुस्तामा हस्तान्तरण” कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । ज्येष्ठ नागरिकलाई अमुल्य सम्पत्तिको रुपमा लिएका छौं, उनले भने, उनीहरुलाई सधै सम्मान गर्दै जानेर यसका लागि प्रदेश सरकारको बजेट तथा नीति कार्यक्रममा पनि थप सम्मान हुने खालका विभिन्न योजना समावेश गरेका छौं । ज्येष्ठ नागरिक राष्ट्र र समाजको अमुल्य निधी र अनुभव तथा ज्ञानका खानी भएकाले भावी पुस्ताले यसबाट प्रेरणा लिनु पर्नेमा जोड दिँदै उनले ज्येष्ठ नागरिकको सुरक्षा र संरक्षणका लागि प्रदेश सरकारको तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाए । सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख देवकुमारी खत्रीले ज्येष्ठ नागरिकप्रति घर, समाज तथा राष्ट्रबाटै सम्मानजनक व्यवहार गरिनु पर्नेमा जोड दिइन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, जसपाका केन्द्रिय सदस्य पुनम यादव, केअमावीका प्रअ दिनेश यादव, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादव, जसपा सप्तरीका अध्यक्ष सुनिल झा, पूर्वसांसद नागेन्द्र झा, ज्येष्ठ नागरिक काशीनाथ जोशी लगायतले पनि बोल्दै ज्येष्ठ नागरिकमा भएको अनुभव र ज्ञानबाट शिक्षा लिँदै भावी पुस्ता अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा पाँच दर्जन भन्दा बढी ज्येष्ठ नागरिकलाई मन्त्री साहले सम्मान समेत गरेका छन् । कार्यक्रममा सहभागि कतिपय बृद्धबृद्धा असशक्ताका कारण मञ्चमा पुग्न नसक्दा मन्त्री साह उनीहरु बसेकै स्थानमा पुगि दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

Comment

Related News

Latest News

Trending News