अपडेट 
२०७७ चैत्र १३, शुक्रबार २०:३२

प्रदेश सरकारको सहयोगमा धनुषाको विभिन्न ठाउमा शिलान्यास कार्यक्रम गरिएको छ ।

शुक्रवार धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को विभिन्न स्थानमा विकासको गति दिन शिलान्यास कार्यक्रम गरिएको हो । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य राजिव झाको प्रमुख आतिथित्वमा सम्पन्न भएको कार्यक्रममा नगराइन नगरपालिका वडा नम्बर ८ मा सामुदायिक भवनको निर्माण कार्य शुरु गरिएको छ । सोही नगरपालिका वडा नम्बर–६ बिर्तामा भुइया माइ थानको पनि शिलान्यास गरिएको छ । यसैगरी धनौजी गाउँपालिका वडा नम्बर–१ लखौरीमा भगवान लक्ष्मीनारायण मंन्दिर निर्माणको कार्य पनि शुरु गरिएको छ । यस्तै भररियामा सामुदायिक भवन, फुलगामामा बर्थिग सेन्टर, तुलसियाहीमा कभर्ड हलको पनि शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । समारोहमा बोल्दै केन्द्रिय सदस्य राजिव झाले धनुषामा आउने दिनमा अझै विकासको लहर आउने वताए । उनले राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर ३ मा चुनाब जितेपछि चौतर्फी विकासको कार्यलाई तीब्रता दिएको बताउदै राम्रो व्यक्तिलाई जिताउँदा विकास कार्य बढछ यसको उदाहरण यो क्षेत्रलाई देख्न सकिने वताए । समारोहमा पार्टीका केन्द्रिय सदस्य मनोज चौधरीले विकासको लाभ जनताले लिनु पर्ने वताउदै सडक, सिचाई, भौतिक निर्माण लगायतका कार्यहरु आउने दिनमा अझै बढने जानकारी दिए ।

सो अवसरमा जसपा नेता राजु चौधरी,अनिल महासेठ, बरिस्ठ चिकित्सक डा अजय मिश्रा, जिबेन्द्र झा, श्याम साह, अधिवक्ता श्याम मिश्रा, जिल्ला समन्वय समितिका उपसभापति दिपक झा, ममता चौधरी लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News