अपडेट 
२०७७ चैत्र १४, शनिबार ०७:४१

लोकतन्त्रको शाब्दिक अर्थ हुन्छ – लोक अर्थात् आमनागरिक तथा तन्त्र अर्थात शासन व्यवस्था । अर्को शब्दमा भनौ भने आमनागरिकको शासनसत्ता । जसमा जनता आफ्नो शासक आफै चयन गर्छन । शासकले जनताको ईक्षा,आकांक्षा अनुसार काम गर्नु पर्ने नैतिक दायित्व हुन्छ । प्रत्यक्ष प्रजातान्त्रिक व्यवस्था र निर्वाचित प्रतिनिधिमूलक शासन व्यवस्था लोकतन्त्रका ई र्दुइ विधिहरु हुन् । हाम्रो मुलुकमा प्रतिनिधिमूलक लोकतान्त्रिक व्यवस्था छ । लोकतन्त्र वा प्रजातन्त्र राज्य संचालनको यस्तो वैज्ञानिक व्यवस्था हो जसमा शासनको दायित्व जनताद्वारा निर्वाचित प्रतिनिधिहरूद्वारा हुने गर्दछ । शासकले जनताको हितमा काम गर्नै पर्ने नैतिक दायित्व हुन्छ । २००७ सालदेखि पटक पटक लोकतान्त्रिक परिवर्तनको आन्दोलन भएको हाम्रो देशमा अचेल संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था छ । जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरुको हातमा शासन सत्ता छ । शासनसत्ताको कामकार्यवाही तथा जनहित योजना बारे लेखि राख्नु पर्ने आवश्यकता छैन । कारण यी र यस्था विषयहरुसंग हामी सबै जानकार नै छौं ।

कुरा राजनीतिक दल तथा यसका नेताहरुको कामकार्यवाही विषयमा गरौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ढुलमुले नितीको बारेमा गरौ । नेकपा एमालेको गैर जिम्मेवार प्रदर्शनको बारेमा गरौं अनि फुटनै लागेको जनता समाजवादी पार्टीका नेताहरुको सत्तामोहको बारेमा गरौं । सम्मानित सर्वोच्च अदालतको आदेशमा नेकपा बिघटन भई नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रको पुर्न जन्म भएको हामी सबैलाई थाहा भएकै विषय हो । सगोलमा रहेको नेकपा भित्रको गुट उपगुट पार्टी विभाजन पश्च्यात् झन झांगिएको छ । माओवादी केन्द्रका दर्जनौं केन्द्रिय नेताहरु एमाले प्रवेश गरी सकेका छन् । एमालेभित्र माधव–खनाल गुटका नेताहरु झन झन किनारा लाग्दै गएका छन् । एमाले पनि फूटको संघारमा छन् । यहा“ मैले भन्न खोजेको यतिमात्र हो – संयुक्त रुपमा निर्वाचन लडेका अनि झण्डै दुई तिहाई बहुमत पाएर सत्तामा पुगेका नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले आफ् नो निजी स्वार्थका लागी पार्टी विभाजन गर्दा मतदातासंग एक शब्द सोधे ? राय सल्लाह लिए ? कम्युनिष्ट एकताको दुहाई दिदै भोंट बटुल्न आएका नेताहरु अगामी निर्वाचनमा कुन मुख लिएर जनता सामु भोट माग्ने ?? लोकतन्त्रमा प्रमुख प्रतिपक्षी दलका नेतालाई वेटिंग प्राइममिनिस्टर भनिन्छ । प्रतिपक्षको काम सरकारको राम्रा निती तथा कार्यक्रमको सहयोग र नराम्राको विरोध गर्नु हो । नेकपा फूटि रहेको बेला , सरकार गञ्जागोलको स्थितीमा रहेको वेला नेपाली काग्रेसको षडयन्त्रमूलक चुप्पी आमनागरिकलाई बेचैन बनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको काम कार्यवाहीलाई मौन समर्थन दिने काग्रेस सभापति शेरबहादुर देउवा लोकतान्त्रिक परिपाटीलाई ध्वस्त बनाउने सहनायकको रुपमा प्रस्तूत भएको भन्दा अत्युक्ति नहोला । नेकपा विभाजन भएपश्च्यात् संसदमा एमालेसंग बहुमत छैन । माओवादी केन्द्र अझै पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । ओली नेतृत्वको सरकारलाई संसदमा बहुमत सावित गर्नु पर्ने वा नपर्ने विषयमा काग्रेसको राय के हो ? आफूलाई लोकतान्त्रिक पार्टी भन्न रुचाउने नेपाली काग्रेसले यस विषयमा आमनागरिकसंग किन सल्लाह गरेनन ? के नेपाली काग्रेसका अन्य नेता तथा कार्यकर्ता भेंडा हुन जो नेता जुन बाटोबाट हिड्छन त्यहि बाटो पहिल्याउने छन् ?? भनिन्छ – हावा–हुडीमा कमजोर जग भएको घर छिटै ढल्छन् । पहिलेको मधेस केन्द्रित तथा हालको राष्ट्रिय दल अर्थात् जनता समाजवादी पार्टी सरकार परिवर्तन हुने हल्लामात्रले हल्लिई सकेको छ । सरकारमा जाने वा नजाने विषयमा पार्टीभित्र दुई ध्रुव निर्माण भएको छ । धूवीकरणको कारण जसपा कुनै पनि वेला ढल्न सक्ने अवस्थामा पुगेको छ । सरकारमा जाने तथा मालदार मन्त्रालय हत्याउने मामिलामा जसपाका नेताहरु सुरुदेखि नै बदनाम छन् । सबैलाई थाहा भएकै विषय हो – संविधान संशोधन होईन , पुर्नलेखनको रट लगाउने उपेन्द्र यादव ओली नेतृत्वको सरकारमा गए । मालदार मन्त्रालय पनि हात पारे । मालदार मन्त्रालयबाट हटाए पछि सरकार छोडेर पुन : आन्दोलनमा उत्रे ।

यादवजी संग मलाई सोध्न मन लागेको छ – ‘सरकारमा जान हजुरले नेकपासंग गर्नु भएको दुई बुंदे लिखित समझौताको हविगत के भयो ? सरकारमा जानुनै पर्ने थियो भने संविधान पुर्नलेखनको विषय उचालेर आन्दोलन किन गराउनु भयो ? आन्दोलनको क्रममा भएको मानविय क्षतिको जिम्मा तर्पाइले लिने कि नलिने ? रेशम चौधरीलाई सिढी बनाएर सत्ता आरोहन गर्न तम्सिएका महन्त ठाकुर र राजेन्द्र महतो अचेल अत्यन्तै चंचल देखुनु हुन्छ । पहिलो संविधान सभा अवसान हुन वेला समग्र मधेस दई प्रदेश सुनिश्चित जस्तै भई सकेको थियो तर ‘ इफ देयर ईज नो वन मधेस देन देयर ईज नो वन नेपाल ’ भनेर सिंह नाद गर्ने ठाकुरजी अचेल सरकारमा जान खुटा उचालेर बस्नु भएको छ । ठाकुरजीसंग सीधा सवाल– यदि ओलीजीसंग सहकार्य गर्नु नै थियो भने मलेठ घटना किन घटाउनु भयो ? चलु जनकपुर भरु जनकपुरको उद्घोष गरेर तीन तीन जना होनहार मधेसीलाई किन शहिद बनाउनु भयो ? आन्दोलनको वेला मधेसी जनता ताक्ने अनि सरकारमा जाने नजाने विषयमा यिनै जनतासंग एक शब्द सोध्न पनि नहुने ? आफ्नो थाक थलो छाडेर जनकपुरका मतदाताको शरणमा आएका राजेन्द्र महतोलाई यहा“का जनताले भरपूर साथ दिए । विमलेन्द्र निधी जस्ता नेताको विकल्पको रुपमा उनलाई संसदसम्म पुर्याए । बिराटनगरमा उनिमाथि भएको दमन पछि काठमाण्डौ नै छिर्ने उद्घोष गरेका महतोजी अचेल सरकारमा जानु पर्ने पक्षका सच्चा पक्षकार बनेका छन् ।

आन्दोलनमा शहादत दिनेलाई ५० लाख क्षतिपूर्ति दिने उदघोष गरेका महतोजीलाई मधेसी सहिद परिवारको अवस्था बारे थाहा छ कि छैन ? अचेल पटक पटक वालुवाटार दौडाहा गर्ने महतोजी र ओलीजी बीचको सम्बन्ध अब छर्लंग भएको छ । महतोजीलाई सांसद बनाउन ओलीजीले ठुलै गुण लगाएको हल्लालाई उनको वालुवाटार प्रेमले प्रमाणित गरे जस्तो छ । भोंट माग्न जनताको दैलोमा जाने । आन्दोलन गर्न जनताको घर आंगनसम्मै आउने । आफ्ना सखा सन्तानलाई सुविधा सम्पन्न स्कूल कलेजमा पढाउने अनि सहादत दिन आमनागरिकका छोरा छोरीलाई पट्याउने यी नेताजीहरु पार्टी फोड्नु पर्दा , सरकार छोड्नु पर्दा वा सरकारमा सहभागी हुनु पूर्व जनतासंग सोध्ने कि नसोध्ने ? लोकतन्त्रको दोहाई दिने अनि नेतातन्त्र चलाउने ? यो कस्तो लोकतन्त्र हो । त्यसैले त म भन्छु – लाचार जनता π मनमौजी नेता

Comment


Related News

Latest News

Trending News