अपडेट 
२०७७ चैत्र १४, शनिबार १३:०३

धनुषामा लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुको साथबाट पाँच किलो गाँजा बरामब भएको हो ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–४ स्थित डेरागरि बस्ने ५२ वर्षीय जिवन साह र वडा नम्बर १५ बस्ने ३९ वर्षीय रविन्द्र साह रहेको प्रहरीले जनाएको छ । जनकपुर उपमहानगरपालिका– २४ बसहियास्थित सिक्स लाईन बाटोमा मोटरसाईकलमा आएका दुबैजनाले गाँजा वेचबिखन गरिरहेको अवस्थामा सदापोशाकका विशेष प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिवन सवार ना २८ प ५७३९ नम्बरको मोटरसाईकल र रविन्द्र सवार ज ११ प ८७६९ नम्बरको मोटरसाईकल चेकजाँचको क्रममा झोलाबाट पाँच किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुबैजनालाई पक्राउ गरि लागु औषध मुद्दामा ७ दिन म्याद थप गराई थप अनुसन्धान भइरहको डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News