अपडेट 
२०७७ चैत्र १५, आईतवार ०६:५७

१५ दिने धार्मिक यात्रा मध्य परिक्रमा आईतवार अन्तरगृह परिक्रमा पश्चात सम्पन्न हुदैछ ।

भारतको बिसौल बाट शनिवार विहान जनकपुरधाम पुगेको परिक्रमावासी आईतवार जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दैछन् । फागुन औसि अर्थात २९ फागुनदेखि धनुषा मिथिला विहारी नगरपालिकको ठेरा कचुरी स्थित मिथिला विहारी मठबाट रामजानकीको डोला र जनकपुरधामको अग्निकुण्ड लगायतका मठबाट ल्याएका जानकी जीका डोलाहरुलाई समावेश गरि परिक्रमाको यात्रा सुरु गरिएको थियो । अन्तर गृह परिक्रमा सम्पन्न भएपछि त्यसको भोलि पल्ट जनकपुरसहित यस क्षेत्रमा होलि पर्व मनाईने चलन छ । नेपाल र भारतका धार्मिक ऐतिहासिक ठाँउहरु समेटने यस परिक्रमा अन्तर्गत नेपाल तर्फ ९० किलो र छिमेकी मुलुक भारत तर्फ ३० किलो मिटर गरि जम्मा १ सय २० किलो मिटर भु–भागको पैदल यात्रा गरि पक्रिमावासी जनकपुरधाम पुगेका हुन । मिथिला माहात्ममा वर्णन गरिएको मध्य परिक्रमको शुरुवात १८ औ शताब्दी भन्दा केहि अगाडी भएको वरिष्ठ साहित्यकार डा.राजेन्द्र बिमलले बताए ।

परिक्रममा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर,भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरधामको अन्तर गृह परिक्रम गरि मध्य परिक्रमा गरिन्छ । मिथिलाञ्चल क्षेत्रमा पर्ने भुमि संसारका सर्व श्रेष्ठ भुस्थल रहेको हिन्दु धर्मग्रन्थमा उल्लेख गरिएको छ । प्राचिन मिथिलाका सीरध्वज राजा जनकले आफ्ना राज्यमा खडेरी परेको वेलामा हलो चलाउदाँ आदि शक्तिको रुपमा सीता प्रकट भएकी थिईन । त्यसैगरि, करिव ५ हजार वर्ष पुर्व धर्म साँस्कृति तथा दैनिक जीवन यापनको विषयमा संसार अनभिज्ञ रहेको समयमा प्राचिन मिथिलाको राजधानी जनकपुरधाम ठूलठूला ऋषि–महर्षिहरू तथा विद्वानहरू विभिन्न विषयमा शास्त्रार्थ गर्दथे । याज्ञवल्क्य, अष्टबक्र, शुकदेव जस्ता दाशर्निक विद्ववानहरू सृर्जना र ऋषि–महर्षिहरू साधना लिप्त रहन्थे । संसारका ६ वटा पुर्वीय दर्शन मध्ये ४ वटा न्याय, बैशाखीक, शंख र निमागशा यसै क्षेत्रमा लेखिएको साहित्यार डा.बिमलको भनाई छ ।

त्यसैगरि, त्रेता युगमा भागवान विष्णुजी आफ्नो साकेत धामबाट यस लोक अवधमा रामचन्द्रको रुपमा अवतरित हुदाँ महालक्ष्मी पनि सम्पुर्ण बैकुण्ड धामलाई संगै लिएर मिथिलाको यस पवित्र भु–भागमा प्रकट भएकी धार्मिक जनविशवास छ । यि विभिन्न विशेषताले भरिपुर्ण निरपुर्ण यो भुमि हिन्दुमा अस्था राख्नेको लागि पुजन्यि र दैवस्थल रहेकोले यो क्षेत्रको परिक्रमा गर्दा मोक्ष प्राप्त,मृत्यु पश्चात वैकुण्डमा वास हुने तथा चिताएको कुरा प्राप्त हुने जनअस्था रहेको साहित्यकार डा.बिमलले बताए ।

Comment


Related News

Latest News

Trending News