अपडेट 
२०७७ चैत्र १५, आईतवार ११:४३

जनकपुरधाम ।दक्षिण एसियामा पाकिस्तानप्रतिको दृष्टिकोण देसै पिच्छे फरक रहेको छ ।हुनत पाकिस्तानको सवालमा हरेक देशका नागरिकहरु विभाजित पनि छन् ।पाकिस्तानलाई नदेखेरपनि त्यहाँ नागरिकको भावना, राजनीतिक र जातिय अवस्थाको विषयमा निरन्तर छलफल हुने र सञ्चार माध्यमहरुमा आइरहने हो । नेपाली राजनीतिमा पाकिस्तानको भूमिका महत्वपूर्ण रहने गरेको छैन् ।तर पाकिस्तानप्रतिको धारणा नेपालमा फरक फरक छ । राजनीतिमा गहिरो रुची राख्ने एकजना जनकपुरिया युवा सुमित शर्मा समीरको प्रकासित पहिलो कृति ‘प्रवास’ मा पाकिस्तानलाई पृष्ठभुमीमा राखेर पाँच उप– शीर्षकमा लेखिएको उपन्यासमा पात्र चयनदेखि घटनाक्रमको समायोजन विशिष्ट छ । शीर्षकहरुको चयन र कथ्य सामग्रीको प्रस्तुतीले सम्पूर्ण पुस्तकमा पाठकलाई विषयान्तर भएको अथवा फड्को मारेको महसुस हुँदैन् । खोजबाट प्रारम्भ भएको प्रवास उदयमा पूर्णता पाएकोछ ।

सहज र सरल भाषामा लेखिएको प्रवास लेखक शर्माका बाल्यकाल बितेको मधेशका पाठकहरुलाई समेत बुझ्न कठिनाइ हुँदैन् ।प्रवासमा आयशा एकजना आधुनिक सोंच भएकी सक्षम महिला हुन् ।उनले आफ्नै प्रेमी सबीरसित खाएको धोकापछिको पीडालाई व्यक्तगर्दा कुनै कृत्रिमताको छनक छैन् ।पहिलो पतिलाई छाडेर अर्काे पतिमा रमाउन चाहने उनको सपना ध्वस्त हुँदापनि आयशामा देखिएको सहास र अरुलाई दिने दोष भन्दा स्वयंले सबैको जिम्मेवारी लिने धैर्यपुर्ण आँट यथार्थमापनि नारीले देखाउनुपर्छ । पुरुषको विषयमा जानकार नभै बाहिरी आकर्षणमा परेर भोग्नु परेको पीडालाई सरल ढंगले प्रदेशमा दर्शाइएकोछ ।पुस्तकको पात्र र घटनास्थल दक्षिण एसिया भन्दा बाहिरको दर्शाइएको छ ।तर कथावस्तु नेपाल, भारत, पाकिस्तान लगायतका मुलुकहरुमा भइरहेको हुबहु हो । उपन्यासकार सुमितले क्यानाडा, टोरन्टो लगायतका स्थानहरुलाई देखाएर आफ्नै परिवेशलाई समावेश गरेका छन् ।प्रेमको सबै पक्षहरुलाई अत्यन्त मार्मिक ढंगले वर्णन गरिएकोछ ।तर त्यो भन्दापनि मर्मस्पर्षी बिछोडलाई देखाइएकोछ । प्रेमको सबै सीमालाई नाघ्दै उत्कर्षमा पुगेको आयशाले बिछोडको पीडाको पनि अन्तिम विन्दु सम्म पुगेको देखाइएकोछ ।बाहिरी आवरणप्रति हुने महिला आकर्षण नै पुरुषका लागि ऐयाशी गर्न सजिलो बनाइएकोछ । उपन्यासमा सटिक स्थानमा बिम्बहरुको प्रयोग गरिएकोछ ।प्रवासमा पाँच शीर्षकमा समेटिएका विषयवस्तु अत्यन्त सारगर्भीत छ ।पात्र र परिवेशदुवैको संयोजन सुक्ष्म ढंगले गरिएकोछ ।

पात्र, स्थान, कथावस्तुको तारतम्यपनि मिलेकोछ ।प्रवासले सुमित शर्मालाई नेपाली साहित्यकारमा स्थापित गरेकोछ । सुमितको लेखन शैलीले उनी निखारिएका परिपक्व उपन्यासकारको रुपमा पहिचान बनाउन सफल भएका छन् । बाल्यकालदेखि नै अध्ययनमा गहिरो लगन भएका शर्माले विद्यालय स्तरको पढाई जनकपुरधाममा नै गरेका हुन् ।उनी प्राविधिक शिक्षा तर्फपनि अब्बल हुन सक्थे ।लण्डनबाट उच्च शिक्षा हासिल गरेका शर्माको देशको राजनीति विषयमा अंग्रेजी र नेपाली भाषामा कयौं लेखहरु प्रकाशन भइसकेका छन् । राजनीतिमा प्रष्ट दृष्टिकोण र प्रभावशाली तर्कशैली भएका शर्माको उपन्यासमा भने पृथक धार देखिएकोछ ।उनको प्रवासमा महिलाको अदम्य सहास देखिन्छ ।उपन्यासमा नारी स्वभावलाई उनले फरक ढंगबाट दर्शाएका छन् । उपन्यासको भाषा सम्पादन शरच्चन्द्र वस्तीले गर्नु भएकोछ ।लेखक शर्मा स्वयं प्रकाशक रहेको १९० पृष्ठको प्रवासको मुल्य ४०० रुपैया राखिएकोछ ।

Comment


Related News

Latest News

Trending News