अपडेट 
२०७७ चैत्र १५, आईतवार १५:१८

भारतमा कोरोना भाइरसको सङ्क्रमण थप फैलँदै गएको छ ।

गएको २४ घण्टामा ६२ हजारभन्दा धेरैलाई सङ्क्रमण  भएको छ भने ३ सय १२ जनाको ज्यान गएको छ । सङ्क्रमण बढ्दै गएकाले महाराष्ट्र र दिल्लीमा थप कडाइ गरिएको छ । फागु पर्वमा सङ्क्रमण फैलिन सक्ने भन्दै कडाइ गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । महाराष्ट्रमा अहिले रात्रिकालीन कर्फ्यू छ भने दिल्लीमा मिनी लकडाउन छ । भारतमा अहिले ४ लाख ८६ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित छन् । ६ करोड दुई लाखभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन् । भारतमा अहिलेसम्म एक करोड १९ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने एक लाख ६१ हजारभन्दा धेरैको ज्यान गएको छ । 

Comment


Related News

Latest News

Trending News