अपडेट 
२०७७ चैत्र १६, सोमबार ०७:३१

रंग अबिरको पर्व होली सोमबार( आज) मधेशका जिल्लाहरुमा मनाउँदैछ ।

होलीपर्वको पुर्वसन्ध्यामा ठाउँ ठाउँमा समद जलाइएको छ । आपसी सद्भाव, राक्षसी (तामसी) प्रवृत्तिविरुद्ध सात्विक प्रवृत्तिको जित भएको प्रतीकका रूपमा होली पर्व मनाइन्छ । सम्पूर्ण राग, द्वेष बिर्सेर एकअर्कालाइ विजयको प्रतीक रातो अबिर लगाएर शुभकामना आदान–प्रदान गरिने परम्पराको यो पर्वमा मालपुवा, सेल रोटीसहितका मिष्ठान्न परिकार खाने, खुवाउने परम्परा छ । पर्वको तयारी क्रममा मिथिला क्षेत्रका प्रत्येकजसो गाउँनगर बस्तीमा रङ अबिरको खरिद बिक्री बढेसँगै होली गीतका स्वर गुञ्जदै छन् । फागुन पूर्णिमाको भोलिपल्ट रङ अबिर खेल्दै मिष्ठान्न भोजन गरेपछि समापन गरिने होलीपर्व मिथिला क्षेत्रको आपसी प्रेम दर्शाउने मुख्य पर्व रहँदै आएको छ । त्रेतायुगमा विवाहपश्चात फागुन शुक्लपक्षमा मिथिलाका विभिन्न क्षेत्रमा बिहार गर्दै कञ्चनवन पुगेर मिथिलाबिहारी (श्रीराम) र जनक नन्दिनी किशोरीजी (सीताजी)ले फागुन शुक्ल सप्तमीका दिन एकापसमा रङ अबिर खेलेर वसन्त उत्सव मनाउँदै पूर्णिमाका दिन जनकपुरमा स्वजनसहित फागु खेलेका सम्झनामा होलीपर्व शुरु भएको मानिने एउटा मत रहेको छ ।

होलीको अवसरमा प्रदेश २ सरकारले यस वर्ष सोमबार र मंगलबार सार्वजनिक विदा घोषणा गरेको छ ।

Comment


Related News

Latest News

Trending News