अपडेट 
२०७७ चैत्र १६, सोमबार ०७:३९

बीरेन्द्र बजार(सप्तरी) । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकारिणी समिती सदस्य एबम राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवले साँसद रेशम चौधरीलाई निसर्त रिहा गर्नुपर्ने बताएका छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका १२ स्थित डेरुवा पोखरीमा आईतवार आयोजित क्षेत्र नम्बर ३ स्तरीय बृहत भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य यादवले साँसद रेशम चौधरीलाई रिहा तथा टिकापुर थारु बिद्रोहका क्रममा थारु नेताहरू माथी लगाएका मुद्वा निसर्त खारेज गर्नुपर्ने बताए । साँसद रेशम चौधरी माथी राज्यद्वारा गरिएको अन्याय विरुद्ध जागरण अभियान थालनी गरेकोमा जसपा थारु संघलाई नेता यादवले धन्यवाद समेत दिए । जसपा सबै प्रकारको उत्पीडन ,विभेद, भेदभाव र अन्याय बिरुद्ध संघर्षरत छ ,यादवले भने, ३२ हजार मतान्तरले बिजयी साँसद रेशम चौधरीलाई बन्दी राख्नु थारु समुदाय माथिको विभेद नै हो । जनताको प्रतिनिधिलाई राजनैतिक पुर्वग्राह राखी जेलमा थुन्नु राजनैतिक संस्कारमा बिपरित हुने भन्दै यादवले साँसद चौधरीलाई निसर्त हिरा गर्नुपर्ने बिचार व्यक्त गरे । अधिकार सुनिश्चितताका लागि शुरु भएको जागरण अभियान घोषणा सभामा सहभागी हुन नेताकार्यकर्तालाई आग्रह गर्दै भेलाका प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य यादवले,पहिचान र अधिकारका लागि मधेसी, थारु, आदिवासी जनजाति, महिला, मुश्लिम, दलित लगायतका अधिकारबाट बन्चित समुदाय एकजुट हुनुपर्नेमा जोड दिए ।

जसपाका केन्द्रिय सदस्य एबम जागरण सभा तयारी समितिका संयोजक कल्पना चौधरीको अध्यक्षतामा आयोजित ३नम्बर क्षेत्रीय स्तरीय जागरण सभा तयारी भेलामा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, प्रदेश सभा सदस्य अभिषेक यादव, जसपा केन्द्रिय सदस्यहरु जयप्रकाश ठाकुर, दिनेश यादव, बिनोद चौधरी, गजेन्द्र मण्डल, कैलाश यादव, बिशेश्वर रजक, उपेन्द्र साह,शैलेन्द्र प्रसाद झा, महेन्द्र प्रसाद चौधरी, मधेस प्रदेश समिती सदस्य रामाकान्त चौधरी, रुपनी गाउपालिका अध्यक्ष हरेराम यादवले सम्बोधन गर्दै मानव अधिकारका लागि भएको टिकापुर बिद्रोहलाई राजनैतिक रुपमा लिदै साँसद चौधरीलाई अबिलम्ब रिहाई गर्नुपर्ने बताए । यसैगरी जसपा जिल्ला अध्यक्ष केदार यादव, सुनिल झा, महिला नेतृ दिल कुमारी चौधरी, मिरा यादव लगायतका स्थानीय तहका अध्यक्षहरु समेतले बिचार व्यक्त गरे । जसपा थारु संघका केन्द्रिय सचिब रामप्रसाद चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत शम्भुनाथ नगरपालिका अध्यक्ष सरोज चौधरीले गरे ।

भेलाले शम्भुनाथ नगरपालिका ७ कठौनामा आगामीआगामी चैत २० गते हुने रेशम चौधरी रिहा राष्ट्रिय जागरण अभियान घोषणा सभामा व्यापक जनसभागी गराउने, रेशम चौधरी लगायतका मधेस र थारु बिद्रोहका क्रममा नेताहरू माथी लगाएको झुठा मुद्वा खारेज गर्नुपर्ने, जसपाले उठाएका मुद्वालाई समाबेश गरि संबिधान संशोधन नभएसम्म आभियानलाई निरन्तरता दिने सहितका महत्त्वपूर्ण निर्णय भएको जसपाले जनाएको छ । देशभरीका १ लाख भन्दा बढी जनसागर उतार्ने लक्ष्यका साथ हुने राष्ट्रिय जागरण आभियान घोषणा सभालाई पार्टीका शिर्ष नेताहरूले सम्बोधन गर्ने आयोजकले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News