अपडेट 
२०७७ चैत्र १६, सोमबार ०७:४७

राजविराज । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ चौफालमा निर्माणधिन जनता आवासमा गुणस्तरहीन निर्माण समाग्रीको प्रयोग गरेको पाइएको छ ।

स्थानीय डोम समुदायका लागि बनाएका ३ वटा आवासमा गुणस्तरीय समाग्री प्रयोग नभएको पाईएको हो । सहरी बिकास तथा भवन निर्माण कार्यालय राजबिराज सप्तरीको सहयोग तथा वडा कार्यालयको समन्वयमा निर्माणाधीन आवासमा ईटा, बालुवा, गिट्टी, सिमेन्ट लगायतका निर्माण समाग्री गुणस्तरहीन प्रयोग भएको स्थानीयले बताएका छन् । टोलमा कुलोको जमिन अतिक्रमण गरि आवास निर्माण थालिएको छ, एक स्थानीयले भने, आवास निर्माणमा तिन नम्बर ईटा, बालुवा, गिट्टीको प्रयोग गर्नुको साथै सस्तो मुल्यका सिमेन्ट लागाएको छ, उनले थपे, घरै बनाईदिने भए दिगो र गुणस्तरीय बाउनुपर्छ नि ? कर्मकाण्ड पु¥याएर बजेट सक्नु कतिको उचित होला । स्थानीयले जनता आवसमा व्यापक अनिमियतता गरेको आरोप लगाएका छन । करिव ३ लाख १७ हजार प्रतिघर लागतमा निर्माण सम्पन्न गरिने आवास निर्माणका लागि शहरी बिकासले तोकेको मापदण्ड बमोजिमका सामाग्री प्रयोग गरेको घर निर्माण ठेक्का पाएका बिश्वनाथ मण्डलले बताए । हामीले तोकेआनुसारकै मिठापाक ईट्टा , बालुवा, गिट्टी, सिमेन्ट प्रयोग गरेका छौ, ठेकेदार मण्डलले भने, हाम्रो यसमा कुनै दोष छैन । अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरीले वडाको समवन्यकारी भुमिका मात्र रहेको बताए ।

शहरी बिकास कार्यालयले जग्गा ब्यबस्था गर्न भने बमोजिम खोजिदियौ अध्यक्ष चौधरीले भने, सम्पुर्ण काम उनीहरुको हो । मिठापाक ईट्टाको प्रयोग गर्ने नीति नै शहरी बिकासले बनाएको सुन्नुमा आएको उनले बताए । आवास निर्माणमा गुणस्तरहिन ईट्टा, बलुवा, गिट्टी, सिमेन्ट लगायतका निर्माण सामाग्री प्रयोग गरेका छ्न यद्यपी सो बारे सरोकारवालाको ध्यानाकर्षण भएको छैन ।

Comment


Related News

Latest News

Trending News